Logo
  चैत्र १६, २०८० शुक्रबार

अमेरिकी हवाई हमलामा आठ जनाको मृत्यु



सिरियाको , १० चैत । उत्तरपूर्वी सिरियाको हस्काह समीप अवस्थित गठबन्धन सेनाको शिविरमा बिहीबार भएको ड्रोन आक्रमणको प्रतिकारमा अमेरिकी सेनाले गरेको हवाई हमलामा इरान समर्थक आठ जना लडाकु मारिएका छन् ।

गठबन्धन सेनाको शिविरमा भएको ड्रोन आक्रमणमा परी एक जना अमेरिकी ठेकेदार मारिएका थिए भने अमेरिकी सेनाका पाँच जना सदस्य घाइते भएका थिए । उक्त आक्रमणमा अर्का एक जना अमेरिकी ठेकेदार पनि घाइते भएका थिए ।

युद्ध अनुगमन गर्ने संस्था सिरियन अब्जरभेटरीका प्रमुख रामी अब्देल रहमानले पूर्वी सिरियाको देइर एजोर शहरका रहेको हतियार भण्डार केन्द्रलाई लक्ष्य गरेर भएको हवाई हमलामा इरान समर्थक छ जना लडाकु तथा मायादिनको मरुभूमि र अल-बुकमाल नजिक भएको अर्को हमलामा दुई जना मारिएका बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्