Logo
  चैत्र १६, २०८० शुक्रबार

राहुल गान्धीको सांसद पद खारेज, विपक्षी दलको विरोध



नयाँदिल्ली, ११ चैत (एएफपी) । एक सभामा गरेको भाषणको विषयमा कांग्रेस आईका नेता राहुल गान्धीलाई अदालतले गरेको सजायका आधारमा सांसद पद खारेज गरिएको छ ।

गुजरातस्थित एउटा स्थानीय अदालतले गान्धीलाई दोषी ठहर गरेको एक दिनपछि भारतीय संसद्को तल्लो सदनको कार्यालयले उनको सांसद पद खारेज गर्ने निर्णय सुनाएको हो ।

गान्धीलाई गुजरात राज्यको एउटा अदालतले सन् २०१९ मा प्रधानमन्त्री नरेन्द्र मोदीको थरलाई लिएर चुनावी ¥यालीमा दिएको प्रतिक्रिया सन्दर्भमा दोषी ठहर गरेको थियो । न्यायाधीशले आदेश सुनाउँदा कंग्रेस पार्टीका सांसदसमेत रहेका नेता गान्धी अदालतमा उपस्थित थिए ।

गान्धी दक्षिणी राज्य केरेलाको वायानाड राज्यबाट सांसद निर्वाचित हुन् । उनी हाल ३० दिनका लागि जमानतमा छन् र अदालतको निर्णयविरुद्ध पुनरावेदन गर्ने बताए ।

यसैबीच गान्धीको भारतीय कंग्रेसले उक्त आदेश ‘त्रुटिपूर्ण भएको र त्यो कायम नरहने’ प्रतिक्रिया दिएको छ । आदेशको विरोधमा कंग्रेसको नेतृत्वमा शुक्रवारदेखि विपक्षी नेताहरूसमेत सहभागी जुलुस राजधानी नयाँँ दिल्लीमा निकालिएको छ । उनीहरू ‘लोकतन्त्र खतरामा छ’ भन्ने नारा लेखिएको व्यानर बोकेर जुलुसमा सहभागी भएका थिए ।

विपक्षी दलले संसदको निर्णयको सर्वत्र विरोध गरेका छन् । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल, पश्चिम बंगालकी मुख्यमन्त्री ममता वेनर्जीलगायतका नेताले पनि राहुलमाथि भएको कारबाहीको विरोध गरेका छन् ।

कंग्रेसका अध्यक्ष मल्लिकार्जुन खर्गेले गान्धीले शुक्रवार संसद्मा बोल्न अनुमति मागेको तर त्यसलाई अस्वीकार गरिएको प्रदर्शनलाई सम्बोधन गर्नै क्रममा बताए । जुलुसका सहभागीलाई सम्बोधन गर्दै उनले भने, “यदि अवस्था यस्तै रहिरह्यो भने यो देशमा छिट्टै निरङ्कुशता र तानाशाही आउनेछ ।”

प्रदर्शनमा सहभागी केही सांसदलाई नियन्त्रणमा लिइएको भारतीय टेलिभिजनले उल्लेख गरेका छन् । प्रदर्शनकारीहरू राष्ट्रपति भवनतर्फ ¥याली लिएर जाने प्रयास गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्