Logo

प्रधानमन्त्री प्रचण्ड, देउवा र नेपालबीच भेटवार्ता



काठमाडौँ, १३ चैत । सत्ता गठबन्धनको बैठक भोलि बस्ने भएको छ ।

सत्ता गठबन्धनमा रहेका तीन दलका शीर्ष नेताबीच मङ्गलवार दिउँसो ४ बजे बैठक राख्ने सहमति भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भएको भेटमा भोलि दिउँसो गठबन्धनको बैठक बोलाउने सहमति भएको हो ।

बैठकमा मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल हुनेछ । सत्तागठबन्धन आबद्ध दलहरु सहमतिमा पुग्न नसक्दा सरकार विस्तारमा ढिलाइ भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्