Logo
  चैत्र १६, २०८० शुक्रबार

मन्त्री किराती भन्छन्: देश जहाँ छोयो त्यहीँ नै फाटेको छ



काठमाडौँ, १३ चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले देश सोचेभन्दा फरक रहेको बताएका छन् ।

सोमवार काठमाडौँमा आयोजित ६२ औँ रङ्गमञ्च दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश जहाँ छोयो त्यहीँ नै फाटेको बताए ।

मन्त्री किरातीले १० वर्ष सांसद भइसक्दा आफूले देशको बारेमा सबैकरा बुझेको जस्तो अनुभव भए पनि मन्त्री बनेर काम गरिरहँदा सोचेभन्दा धेरै फरक पाएको बताए । उनले आफू व्यक्तिको परीक्षामा भन्दा युगको परीक्षा चरणमा रहेकाले असफल हुने छुट नरहेको पनि बताएका हुन् ।

उनले भने, ‘देश जहाँ छोयो त्यहीँ फाटेको छ, बनाउन सजिलो छैन । १० वर्ष सांसद भएर जति बुझेका थिएँ, बुझेजस्तो लाग्थ्यो, मन्त्री भएर कुर्सीमा आएर जे देखेँ, जे देख्दैछु, देश अर्कै रहेछ । म बस्ने कुर्सी आगोको कुर्सी हो, मैले कुदाउने घोडा बाघको घोडा हो हात्तीको होइन । हामी युगको परीक्षा दिँदैछौँ । व्यक्तिको होइन । हामी फेल भयौँ भने युग फेल हुन्छ । व्यवस्था फेल हुन्छ ।’

मन्त्री किराँतीले नेपालमा धेरै विदेशका कुरा हुने तर स्थानीय सोच र उत्पादनहरूको स्थान नहुँदा पछि परिरहेको बताए । उनले बेरोजगार भएरमात्रै विद्यार्थीहरू विदेश जाने नगरेको भन्दै नेपालको शिक्षामा नै विष हालेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्