Logo
  बैशाख ७, २०८१ शुक्रबार

उपनिर्वाचनमा राप्रपाले तीनै क्षेत्रमा उम्मेदवार उठाउने



काठमाडौँ, १३ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी वैशाख १० गते हुने प्रतिनिधिसभाको उपनिर्वाचनमा तीनै क्षेत्रमा उम्मेदवार उठाउने निर्णय गरेको छ ।

सोमबारको केन्द्रीय पदाधिकारी बैठकले तनहुँ-१, चितवन-२ र बारा-२ मा उम्मेदवार उठाउने निर्णय गरेको हो ।

राप्रपाले निर्वाचन परिचालनका लागि कमान्डर पनि तोकेको छ ।

बारा-२ मा उपाध्यक्ष बुद्धिमान तामाङ, चितवन-२ मा वरिष्ठ नेता, उपाध्यक्ष विक्रम पाण्डे र तनहुँ-१ मा कोषाध्यक्ष निलकण्ठ काफ्लेलाई निर्वाचन कमान्डर तोकिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्