Logo
  चैत्र १६, २०८० शुक्रबार

महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ



सिरहा, १४ चैत । २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

लक्ष्मिपुर पतारी गाउँपालिका-३ हरीनगर टोल बस्ने २८ वर्षीय प्रदिप साहलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

साहलाई ती महिलालाई सखुवानान्कारकट्टी गाउँपालिका-२ तिनकुने चोकस्थित गहुँबारीमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय महेशवारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्