Logo
  चैत्र १५, २०८० बिहीबार

जर्मनीले युक्रेनलाई १८ वटा लियोपार्ड-२ लडाकु ट्याङ्क दियो



जर्मनी, १४ चैत । जर्मनीले युक्रेनलाई लियोपार्ड- २ लडाकु ट्याङ्क प्रदान गरेको छ ।

युक्रेनलाई हतियार सहायता गर्ने जर्मनीको प्रतिबद्धताअनुसार लियोपार्ड-२ ट्याङ्कको पहिलो खेप किएभ पठाइएको रक्षा मन्त्रालयले जनाएको छ ।

युक्रेनी टोलीलाई लियोपार्ड-२ ट्याङ्क प्रयोग र सञ्चालनको प्रशिक्षण दिएपछि पहिलो खेपमा १८ वटा अत्याधुनिक युद्ध ट्याङ्क पठाइएको रक्षा मन्त्री बोरिस पिस्टोरियसले बताएका छन् । गएको जनवरीमा जर्मनीले युक्रेनलाई लियोपार्ड-२ ट्याङ्क प्रदान गर्ने आश्वासन दिएको थियो ।

किएभबाट प्राप्त समाचारअनुसार बेलायतले प्रदान गरेका च्यालेञ्जर-२ ट्याङ्क पनि युक्रेन पुगेका छन् । गएको वर्ष रुसले आफूमाथि आक्रमण गरेपछि युक्रेनले आफ्ना समर्थक देशसँग थप आधुनिक सवारी साधन र हतियार माग गर्दै आएको थियो ।

बेलायतबाट आफूलाई लियोपार्ड-२ प्राप्त भएको सम्बन्धमा किएभले कुनै जानकारी नदिए पनि च्यालेञ्जर-२ ट्याङ्क प्राप्त गरेको पुष्टि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्