Logo

भूटानी प्रधानमन्त्रीको प्रतिक्रियाले भारतमा तनाव



काठमाडौँ, १६ चैत । बेल्जियम भ्रमणमा रहेका भूटानका प्रधानमन्त्री लोते छिरिङले चीनले भूटानको सीमा नमिचेको प्रतिक्रिया दिए पछि भारत तनावमा परेको छ । सन् २०२० मा भूटानको जमिनमा चीनले बस्ती बसाएको विषयमा विवाद भएको थियो । तर, प्रधानमन्त्री छिरिङले एक पत्रिकालाई दिएको अन्तर्वार्तामा चीनले भूटानी जमिनमा बस्ती नबनाएको प्रतिक्रया दिएको बीबीसीमा समाचार छ ।

सञ्चारमाध्यमममा चीनले भूटानको जमिनका बस्ती बसाएको समाचार आइरहेका छन् । प्रधानमन्त्री छिरिङले डोक्लामको विषय त्रिदेशीय समस्या भएको बताए । उनले भने यो विषय भुटानको मात्र होइन, चीन र भारतको पनि हो ।

कतिपय विशेषज्ञले प्रधानमन्त्री छिरिङको भनाईमा सहमति जनाउन सकेका छैनन् । उनीहरुले चीनको दबाबमा प्रधानमन्त्री छिरिङको त्यस्तो प्रतिक्रिया आएको बताएका छन् । भूटानले रक्षा र सीमा सम्बन्धमा कुनै निर्णय गर्नु परे भारतको सहमतिमा मात्र गर्न सक्ने दुई देशबीच सम्झौता रहेको छ । डोक्ला विवाद पछि भूटान चीनसँग केही नजिक हुँदै गएको विश्लषकले बताएका छन् ।

भूटानको चीनसँगको बढ्दो सम्बन्ध र प्रधानमन्त्री छिरिङको पछिल्लो प्रतिक्रियाले भारत तनावमा भएको विश्लेषण् गरिएको छ । भूटान भारतको संरक्षित देशको रुपमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्