Logo
  बैशाख ८, २०८१ शनिबार

सुनको भाउ घट्यो



काठमाडौँ, १६ चैत । सुनको भाउ आज तीन सय रुपैयाँले घटेको छ भने चाँदीको भाउ १० रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा १ लाख ८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुनको भाउ तोलामा १ लाख ८ हजार ५ सय रुपैयाँ थियो ।

यस्तै, चाँदी आज तोलाको १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । यो भाउ हिजोको भन्दा तोलामा १० रुपैयाँले धेरै हो ।

प्रतिक्रिया दिनुहोस्