Logo

इन्दोर मन्दिर दुर्घटना: छत्तीस जनाको मृत्यु, मन्दिर प्रशासनविरुद्ध मुद्दा दर्ता



भारत, १७ चैत । रामनवमी पर्व मनाउन भारतको मध्य प्रदेशको इन्दौरमा रहेको शिव मन्दिरमा भेला भएका भक्तजन त्यहाँ रहेको इनारमा खस्दा ज्यान गुमाउनेको सङ्ख्या ३६ पुगेको छ ।

इनारमा खसेर बेपत्ता भएकाहरूको खोजी जारी छ । राज्य सरकारले मन्दिर प्रशासनविरुद्ध मुद्दा दायर गरेको छ ।

सिमेन्टको स्ल्याबले ढाकिएको इनारमाथि पूजाअर्चनाका निम्ति बिहीबार भक्तजन भेला भएका थिए । भीडको भार थाम्न नसक्दा स्ल्याब भत्कँदा उनीहरू इनारमा खसेका थिए । इन्दोरका प्रहरी आयुक्त मकरन्द देवस्करले मन्दिर प्रशासनका अध्यक्ष र सचिवविरुद्ध अनजानमा हत्या गरिएको भन्दै मुद्दा दर्ता गरिएको बताएका छन् ।

आयुक्त देवस्करका अनुसार १४ जनाको उद्धार गरिएको छ । दुई जना उपचारपछि घर फर्केका छन् । एक जना अझै हराइरहेका छन् । पचहत्तर जना भारतीय सेनाका अधिकारीको १८ घण्टा लामो प्रयासमा उनीहरूलाई उद्धार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्