Logo
  बैशाख ७, २०८१ शुक्रबार

खानेपानी मन्त्री खानले दिए राजीनामा



काठमाडौँ, १७ चैत । खानेपनी मन्त्री अब्दुल खानले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा दिएका छन् । जनमत पार्टीबाट मन्त्री भएका खानले मन्त्रिपरिषद् विस्तार भएकै दिन आज राजीनामा दिएका हुन् ।

जनमत पार्टीबाट खान खानेपानी मन्त्री भएका थिए । जनमत पार्टीले उद्योग मन्त्रालय माग्दै आएको थियो । नेकपा एमालेसँगको गठबन्धनका समयमै जनमत पार्टीलाई उद्योग मन्त्रालय दिने सहमति भएको थियो । तर, खानेपानी मन्त्रालय दिएपछि जनमतले असन्तुष्टी व्यक्ति गरेको थियो । मन्त्रिपरिषद् पुनःगठन हुँदा उद्योग मन्त्रालय दिने सहमति भएकोमा कार्यान्वयन नभएको भन्दै मन्त्री खानले आज राजीनामा दिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्