Logo

नेपाललाई थ्री नेसन्स कपकाे उपाधि



काठमाडौँ, १७ चैत । लाओसलाई हराउँदै नेपालले प्रधानमन्त्री ‘थ्री नेसन्स’ कपको उपाधि जितेको छ ।

फाइनलमा लाओसलाई २-१ गोलले हराउँदै आयोजक नेपालले उपाधि जितेको हो ।

त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा १ गोलले पछाडि परेको अवस्थामा नेपालले उत्कृष्ट पुनरागमन गरेको हो । खेलको १७ औँ मिनेटमा लाओसका फोन्साक सिसाभाथले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको २४ अ‍ौँ मिनेटमा आयुष घलानले गोल गर्दै नेपाललाई १-१ गोलको बराबरीमा ल्याउँदा पहिलो हाफ बराबरीमा सकिएको थियो ।

निकै प्रतिस्पर्धात्मक खेलको ८७ औँ मिनेटमा मनिष डाँगीले गोल गर्दै नेपाललाई २-१ ले जिताए । नेपालले उपाधिसहित ५ हजार अमेरिकी डलर र उपविजेता लाओसले ३ हजार अमेरिकी डलर पुरस्कार पाएको छ । प्रतियोगितामा नेपाल, लाओस र भुटानको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्