Logo

गायिका प्रविशाको स्वरमा ‘यहीं कतै २’ गीत सार्वजनिक



काठमाण्डौँ, १८ चैत । प्रविशा अधिकारीको स्वरमा रहेको ‘यहीं कतै ‘ गीतको भिडियो सार्वजनिक भएको छ । किरण पुनको शब्द तथा सुवाश भुषालले संगीत र उदय राज पौडेलको एरेन्ज गीतमा रहेको छ ।

प्रेम कथामा आधारित गीतमा जिवनका सुनौला पलहरुलाई आकर्षक रुपमा प्रस्तुत गरिएको छ । जेनिसा गौतम निर्देशित यहीं कतै बोलको गीतमा जेनिसा र कमल घिमिरेको अभिनय देख्न सकिन्छ । गीतको भिडियोमा आकर्षक रुपमा अष्ट्रेलियाको सिड्नी आसपासको बिभिन्न स्थानमा छायाँकन गरिएको छ ।

जेनिसाको अभिनय एवम् स्वरमा यस अघि ऐंसेलु दाना, महँगीले मार्यो बरिलै, माया बराबरी, सुटुक्कै लगायतका बिभिन्न लोकप्रिय गीतहरु सार्वजनिक भैसकेका छन् । गायन र अभिनयमा जमेकी उनको भिडियो निर्देशनमा भने यो पहिलो प्रयास रहेको उनले बताइन । ओम गोरखालीको छायाँकन, टेकेन्द्र शाहको सम्पादन तथा जेनिसा गौतमको निर्देशनमा भिडियो तयार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्