Logo
  चैत्र १५, २०८० बिहीबार

साधुटारमा पूर्व विद्यार्थी मञ्चले गर्यो श्लोकान्ताक्षरी प्रतियोगिता



झापा, ४ वैशाख । झापाको साधुटारमा पूर्व विद्यार्थी मञ्च श्री शंकराचार्य पीठ साधुटारले नववर्ष २०८० सालको पावन अवसरमा शुभकामना आदानप्रदान तथा गुरुकुल स्तरीय श्लोकान्ताक्षरी प्रतियोगिता आइतबार सम्पन्न गरेको छ ।

मञ्चका अध्यक्ष गायत्री दाहालको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि शंकराचार्यपीठका अध्यक्ष आचार्य लक्ष्मीप्रसाद खतिवडा रहेका थिए ।

प्रतियोगितामा वेद वेदाङ्ग संस्कृत पाठशाला साधुटार प्रथम, माधव संस्कृत विध्याश्रम सहरेडाँगी द्वितीय, सप्तर्षि गुरुकुल (सत्यधाम) अर्जुनधारा तृतीय र श्री शताक्षी गुरुकुलम् शताक्षीधामले चौथो स्थान हासिल गरेको छ ।

झापाका १० गुरुकुल सहभागी भएको प्रतियोगितमा विजेताले प्रमाणपत्रसहित आकर्षक पुरस्कार प्राप्त गरेका थिए ।

उक्त अवसरमा वेद वेदाङ्ग संस्कृत पाठशालाका अध्यक्ष शान्तिराम नेपाल, गुरुकुलका प्रतिनिधि लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

पूर्व विद्यार्थी मञ्च साधुटारका सहसचिव मदनमोहन अधिकारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन मञ्चका सचिव राजन पौडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्