Logo
  चैत्र १६, २०८० शुक्रबार

विश्वको एक अर्ब जनसङ्ख्या हैजाको जोखिममा



अमेरिका, ५ जेठ । विश्वका ४३ देशका एक अर्ब मानिस हैजाको जोखिममा रहेको संयुक्त राष्ट्रसङ्घले शुक्रबार जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घीय स्वास्थ्य एजेन्सीले सङ्क्रामक रोगसँग जुध्नका लागि ६४ करोड अमेरिकी डलर माग गरेको तर युद्धलाई तीव्रता दिन जति लामो समय लाग्छ, स्थिति त्यति नै खराब हुँदै जाने बताएको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले खोप अभियान नराम्ररी प्रभावित भएको जनाएको छ ।

“डब्लुएचओका अनुसार ४३ देशका एक अर्ब मानिस हैजाको जोखिममा छन्,” डब्लुएचओका कार्यक्रम व्यवस्थापक हेनरी ग्रेले भने ।

यस वर्ष अहिलेसम्म २४ देशमा हैजाको प्रकोप देखिएको छ भने गत वर्षको मे महिनामा १५ देशमा हैजाको प्रकोप देखिएको थियो ।

पछिल्लो समय हैजाबाट सामान्यतया प्रभावित नभएका देशहरू प्रभावित भइरहेका छन् र मृत्युदर १०० भन्दा धेरै बढी छ । गरिबी, द्वन्द्व, जलवायु परिवर्तन र त्यसले निम्त्याएको जनसङ्ख्या विस्थापनका कारण सङ्क्रमण बढेको ग्रेले बताए ।

उनले भने, “हैजाबाट प्रभावित देशहरूको सङ्ख्या बढ्दै जाँदा, रोकथाम र प्रतिकार्यका लागि उपलब्ध स्रोतहरू अझ कम फैलिएका छन् । ओरल हैजाको भ्याक्सिन एउटा उदाहरण हो । यस वर्ष एक करोड ८० लाखभन्दा बढी डोज माग गरिएको छ तर ८० लाख मात्र उपलब्ध गराइएको छ र त्यसैले रोकथामका अभियानहरू रोकिएका छन् ।

ग्रेले भने, “पूर्ण दुई डोजको साटो पहिलो खोप सबैलाई दिने र हैजाको प्रभावलाई नियन्त्रण गर्ने प्रयास गरिएको छ ।”

डब्लुएचओले आगामी १२ महिनामा ४० भन्दा बढी देशका लागि १६ करोड अमेरिकी डलर उपलब्ध गराउने लक्ष्य राखेको छ । यसले संयुक्त राष्ट्र सङ्घीय बाल निकाय युनिसेफसँग समन्वय गरेर काम गरिरहेको डब्लुएचओले हैजाको समस्यालाई नियन्त्रण गर्न ४८ करोड अमेरिकी डलर आवश्यक रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्