Logo
  चैत्र १५, २०८० बिहीबार

प्रधानमन्त्री प्रचण्डकी नातिनीले सार्वजनिक गरिन् नयाँ गीत



काठमाडौँ, १३ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी नातिनी गायिका स्मिता दाहालले नयाँ गीत सार्वजनिक गरेकी छन् । गायिका दाहालले करिब एक वर्षको अन्तरालपछि नयाँ गीत ‘आँखामा गाजल’ सार्वजनिक गरेकी हुन् ।

गीतमा राजनराज शिवाकोटीले शब्द र सङ्गीत दिएका छन् । श्रव्यदृश्यमा समेत गायिका दाहाल र कुन्साङ्ग बम्जनको अभिनय देख्न सकिन्छ ।

“अध्ययनमा व्यस्त भएका कारण नयाँ गीत ल्याउन सकेकी थिइनँ । पढाइसँगै गायनलाई पनि निरन्तरता दिने सोच छ”, दाहालले भनिन् । सरोज ओलीको निर्देशन, सुदीप बरालको छायाङ्कन र भूपेन्द्र अधिकारीको सम्पादन रहेको उक्त श्रव्यदृश्यको गम्भीर विष्टले नृत्य निर्देशन गरेका छन् ।

गायिका दाहालको ‘मायालु तिमी कता छौँ’, ‘पानी कुवाको’, ‘मालिङ्गो’ लगायत गीत लोकप्रिय छन् ।

प्रतिक्रिया दिनुहोस्