Logo
  चैत्र १६, २०८० शुक्रबार

उज्बेकिस्तानलाई हराउँदै नेपाल तेस्राे



काठमाडौँ, १४ जेठ । एनएससी-काभा महिला भलिबल च्यालेन्ज कपमा नेपाल तेस्राे भएकाे छ ।

आइतवार त्रिपुरेश्वरकाे कभर्ड हलमा तेस्राे स्थानका लागि भएकाे खेलमा यसअघिको दुवै संस्करणकाे विजेता नेपालले उज्बेकिस्तानलाई ३-१ काे सेटमा हरायाे ।

पहिलाे सेट गुमाएकाे नेपालले त्यसपछिकाे तीन सेट जितेकाे हाे । पहिलाे सेट २०-२५ ले गुमाएकाे नेपालले दाेस्राे सेट २५-१६, तेस्राे सेट २५-१५ र चाैथाे सेट २५-१३ ले जित्याे ।

आजै उपाधिका लागि भारत र काजकिस्तानबीच खेल हुँदैछ । खेल त्रिपुरेश्वरकाे कभर्ड हलमा दिउँसाे ४ बजेपछि सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्