Logo
  बैशाख ८, २०८१ शनिबार

काभा महिला भलिबलकाे उपाधि भारतलाई



काठमाडौँ, १४ जेठ । एनएससी-काभा महिला भलिबल च्यालेन्ज कपकाे उपाधि भारतले जितेकाे छ ।

आइतवार त्रिपुरेश्वरकाे कभर्ड हलमा भएकाे फाइनलमा काजकिस्तानलाई हराउँदै भारतले उपाधि जितेकाे हाे ।

भारतले काजकिस्तानलाई ३-० काे साेझाे सेटमा हरायाे । भारतले पहिलाे सेट २५-१५, दाेस्राे सेट २५-२२ र तेस्राे सेट २५-१८ ले जित्याे । याेसँगै भारतले अपराजित रहँदै प्रतियाेगिता सकेकाे छ । भारत उज्बेकिस्तानलाई हराउँदै फाइनलमा पुगेकाे हाे भने काजकिस्तान नेपाललाई हराउँदै फाइनलमा पुगेकाे हाे ।

प्रतियाेगितामा काजकिस्तान उपविजेता बन्दा, नेपाल तेस्राे, उज्बेकिस्तान चाैथाे, श्रीलङ्का पाँचौँ, किर्गिस्तान छैटौँ, माल्दिभ्स सातौँ र बङ्गलादेश आठौँ भएका छन् । प्रतियाेगिता राष्ट्रिय खेलकुद परिषद् (राखेप) को विशेष सहयोग तथा नेपाल भलिबल सङ्घको आयोजनामा भएकाे हाे ।

प्रतिक्रिया दिनुहोस्