Logo
  चैत्र १५, २०८० बिहीबार

युक्रेनले रुसी नागरिकलाई तर्साउन खोज्यो: राष्ट्रपति पुटिन



रुस, १७ जेठ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्को र वरपरको क्षेत्रमा ड्रोन आक्रमण गरेर युक्रेनले रुसी नागरिकलाई तर्साउन खोजेको प्रतिक्रिया दिएका छन् ।

युक्रेनले रुसका नागरिकहरूलाई आतङ्कित पार्ने र आवासीय भवनमा आक्रमण गर्ने बाटो लिएको राष्ट्रपति पुटिनको भनाइ छ ।

रुसको राजधानी मस्को जाने थुप्रै मानवरहित हवाई यानमा गोली प्रहार भएपछि उहाँको पछिल्लो प्रतिक्रिया आएको हो ।

मस्को नजिकका बासिन्दाले विस्फोटको आवाज सुनेका मस्कोका गभर्नर एन्ड्री वोरोबियोभलाई उद्धृत गरी रुसी समाचार संस्था तासले जनाएको छ ।

मस्को जाने बाटोमा थुप्रै ड्रोनहरू खसालिएको दाबी गरिएको छ । मस्को क्षेत्रका बासिन्दालाई संयमित रहन आग्रह गरिएको छ ।

रुसले अघिल्लो वर्ष फेब्रुअरीदेखि युक्रेनमा आक्रमण गर्दै आएको छ । युक्रेन र रुसबिच निरन्तर आक्रमणका घटना भैरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्