Logo
  चैत्र १६, २०८० शुक्रबार

प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नेपालको चाहना सम्बोधन भएन्: पोखरेल



काठमाडौँ, १८ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नेपालको चाहना सम्बोधन नभएको बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले भारतले चाहेको विषयमा भने नेपालले आँखा चिम्लेरै सहमति जनाएको उल्लेख गरेका हुन् ।

‘भारत भ्रमणका क्रममा नेपालको चाहनाको खासै सम्वोधन हुन सकेन। भारतले चाहेको विषयमा भने नेपालले आखा चिम्लेरै सहमति जनायो ।’ पोखरेलले लेखेका छन्, तर पनि भ्रमण सफल भएको भन्नुपर्ने नेपाल सरकारको विवशता ।’

यद्यपि उनले कुन विषय भारतको चाहना हो र नेपालको कुन चाहना सम्बोधन भएन भन्ने विषय खुलाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्