Logo

रेशमलाई माफी दिनु गलत: खनाल



काठमाडौँ, १८ जेठ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले टीकापुर घटनामा दोषी ठहर भई सजाय काटिरहेका रेशम चौधरीलाई गणतन्त्र दिवसको दिन आम माफी दिनु गलत भएको बताएका छन् ।

बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले जिल्ला, उच्च र सर्वोच्च अदालतले अपराधी करार गरी जेल सजाय सुनाएकाले राजनीतिक विषय हो भन्ने बनाएर उन्मुक्ति दिनु गलत भएको बताए ।

पूर्वप्रधानमन्त्री खनालले भने, ‘आम माफी गर्ने कसरी हो? जेलाई पनि आम माफी गर्न सकिन्छ? यसबारेमा छलफल गरेर अघि बढ्न आवश्यक छ । जिल्ला अदालतले अपराध भन्छ, उच्च अदालतले पनि संघीन अपराध भन्छ, सर्वोच्चले भन्छ अपराध हो, २० वर्ष कैद गर्नुपर्छ। सरकार भन्छ यो राजनीतिक कुरा हो, उहाँ निर्दोष हुनुहुन्छ, माफी देउ । मिल्यो कि मिलेन? यो मेरो दिमागभित्र पसेको थिएन, कुनै विद्वानले पसाइदिने हो भने म त्यो विज्ञानको खोजिमा छु । म बुझ्नै नसक्ने भएँ की? के अर्थले यो काम भएको छ ।’

प्रतिक्रिया दिनुहोस्