Logo

पार्टीभित्रका सबै गुटहरूलाई भत्काउनुपर्छ: थापा



काठमाडौँ, १८ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्रका सबै गुटहरूलाई भत्काउनुपर्ने बताएका छन् ।

बिहीबार नेपाल छापाखाना तथा सञ्चार सम्वद्ध श्रमिक संघको आयोजनामा काठमाडौंमा भएको कार्यक्रममा बोल्दै महामन्त्री थापाले भने, “कांग्रेस पुन: र्निमाणका निम्ति सबै गुटहरूलाई भत्काउनुपर्छ । ”

उनले कांग्रेसभित्र अब परिवर्तन चाहने र परिवर्तन रोक्नेहरूबीच दुई गुट मात्रै बनाउनुपर्ने भन्दै विगतका जो कोही दाईहरूको साथ छोड्न आग्रह गरेका छन् ।

“नागरिकहरू कुशासन, भ्रष्टाचार र बेथितिका कुराबाट आजित छन् । यी तीन कुराहरूलाई हटाउँछ भन्ने विश्वास पार्टीले दिलाउन सक्नुपर्छ,” उनले भने ।

प्रतिक्रिया दिनुहोस्