Logo
  चैत्र १६, २०८० शुक्रबार

शेयर बजार आज बढ्यो



काठमाडौँ, १८ जेठ । आउँदो आर्थिक वर्षको बजेट घोषणा भएपछि लगातार दुई दिन उच्च अङ्कले घटेको शेयर बजार आज भने बढेको छ ।

शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव ५४ अङ्कले बढेर १ हजार ८ सय ६६ दशमलव ३४ बिन्दुमा पुगेको छ । आज सबै समूहको शेयर बढेकोमा होटल, बीमा र जलविद्युत् समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

२ सय ७२ वटा कम्पनीका ६१ लाख २८ हजार कित्ता शेयर एक अर्ब ६५ करोड ४६ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै प्रभु बैंकको प्रमोटर शेयर २३ करोड २१ लाख रुपैयाँमा किनबेच भयो ।

प्रतिक्रिया दिनुहोस्