Logo
  बैशाख ८, २०८१ शनिबार

एमालेको सचिवालय बैठक बस्दै



काठमाडौँ, १९ जेठ । नेकपा एमालेको सचिवालय बैठक बस्दै छ । बैठक आज बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको हो ।

उक्त बैठकमा केन्द्रीय कमिटीको निर्णयअनुसार नेताहरूको कार्य विभाजन र आगामी कार्यक्रमहरूको कार्य योजना तयार गरिने एमाले केन्द्रीय पार्टी कार्यालय सचिव डाक्टर भीष्म अधिकारीले जानकारी दिए ।

त्यस्तै बैठकमा नेताहरुको कार्य विभाजन, पार्टीको कार्य योजनादेखि सबै विषय पारित गर्ने जनाइएको छ । बैठकमा समसामयिक विषयमा पनि छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्