Logo
  बैशाख ७, २०८१ शुक्रबार

भारतलाई खुसी पार्न नागरिकता विधेयक प्रमाणीकरण: बजगाईं



विराटनगर, १९ जेठ । भारतलाई खुसी पार्न हतार-हतार नागरिकता विधेयक प्रमाणीकरण भएको राप्रपाले आरोप लगाएको छ ।

कोसी प्रदेशसभाको शुक्रबारको बैठकको विशेष समयमा बोल्दै सांसद सविना बजगाईंले भारतलाई खुसी पार्नकै लागि यो विधेयक हतार-हतार प्रमाणीकरण गरिएको आरोप लगाएकी हुन् ।

बजगाईले भनिन्, “यो राष्ट्रघाती कदम हो । हामी भत्सना गर्दछौँ, अदालतले गरेको फैसला विपरीत आममाफी दिने काम गलत हो ।” उनले यसैगरी आममाफी दिँदै जाने हो भने अदालतको निर्णयको अर्थ नरहने पनि बताइन् ।

बजगाईंले देश आर्थिक मन्दीमा डुबेको भन्दै युवा विदेश उन्मुख हुन बाध्य भएको बताएकी हुन् । उनले भनिन्, “भ्रष्टाचारले मुलुक आक्रान्त भइसक्यो अब धेरै थेग्न सकिदैन ।”

प्रतिक्रिया दिनुहोस्