Logo
  बैशाख ६, २०८१ बिहीबार

नयाँ बजेटले नेपाली चलचित्रलाई उचित सम्बोधन गरेन: केसी



काठमाडौँ, १९ जेठ । चलचित्र विकास बोर्डले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा नेपाली चलचित्रलाई उचित सम्बोधन नगरिएकामा चिन्ता व्यक्त गरेको छ ।

बोर्डका अध्यक्ष भुवन केसीले काठमाडौँमा आयोजित एक कार्यक्रममा बोर्डले पठाएको माग ओझेलमा परेको बताए । “बोर्डले विज्ञ र सम्बन्धित संस्थाहरुसँग छलफल गरी बजेट प्रस्ताव गरेको तर बजेट विनियोजन भएन”, उनले भने ।

चलचित्रको प्रवद्र्धनका लागि स्टुडियो बनाउने सकारात्मक रहेता पनि विदेशी चलचित्र आयात गर्नेमा पाँच प्रतिशत कर लगाउनुपर्नेमा एक प्रतिशत मात्रै लगाउने नीति लिएकोप्रति आफू पनि सन्तुष्ट नरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्