Logo

सम्झौता नवीकरण नगर्दा राष्ट्रिय परिचयपत्रको सर्भर बन्द



काठमाडौँ, २० जेठ । राष्ट्रिय परिचयपत्रसम्बन्धी सम्पूर्ण काममा अवरोध भएको छ । परिचयपत्र निर्माणसम्बन्धी सफ्टवेयर बन्द भएपछि देशभरि नै बिहीबारदेखि सोसम्बन्धी सम्पूर्ण कार्य अवरुद्ध भएको छ । परिचपत्र निर्माणसम्बन्धी काम गर्ने कम्पनीको सम्झौता थप हुन नसक्दा परिचयपत्र निर्माणसम्बन्धी सम्पूर्ण काम अवरोध भएको हो ।

राष्ट्रिय परिचय तथा पञ्जीकरण विभागका महानिर्देशक झक्कप्रसाद आचार्यले राष्ट्रिय परिचयपत्र निर्माणसम्बन्धी सर्भरमा समस्या आएको बताउँदै सोको व्यवस्थापन भइरहेको जानकारी दिए । उनले भने, ‘सर्भरमा समस्या आएको हो । त्यसको व्यवस्थापन हुँदै छ ।’

राष्ट्रिय परिचयपत्र निर्माणसम्बन्धी अपरेसन गरिरहेको फ्रान्सेली कम्पनी आइडेमियासँगको सम्झौता अवधि समाप्त भई सो कम्पनीले सर्भर नै बन्द गरिदिएको हो । उनले भने, “हामीले कोर्डिनेट गरिरहेका छौं ।” उनका अनुसार सम्झौताको अवधि आठ महिनाअघि नै समाप्त भइसकेको हो । सो कम्पनीसँग कहिले नवीकरण हुन्छ ? भन्ने जिज्ञासामा उनले भने, “नवीकरणको प्रक्रिया सुरु नभएको होइन, अलिकति ढिलो मात्र भएको हो । उनले परिचयपत्र निर्माणसम्बन्धी काम छि‌ट्टै सुरु हुने बताए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्