Logo

भारतको उडिसामा तीन वटा रेल ठोक्किँदा २३३ जनाको मृत्यु



काठमाडौँ, २० जेठ । भारतको उडिसामा शुक्रवार साँझ तीन वटा रेल एकसाथ ठोक्किँएर भएको दुर्घटनामा २ सय ३३ जनाको मृत्यु भएको छ भने नौं सय भन्दा बढी घाइते भएका छन् ।

उडिसा राज्यको बालासोर जिल्लामा हावडा चेन्नई एक्प्रेस मालबाहक रेलसँग ठोक्किएको थियो । दुर्घटनामा यात्रुबाहक रेको डिब्बा लिक बाहिर पल्टिएको थियो । बिपरित दिशाबाट आएको यसवन्तपुर हावडा सुफरफास्ट पल्टिएको डिब्बामा ठोक्किँदा दुर्घटनामा मृत्यु हुनेको संख्या ठुलो भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । रेलभित्र फसेका यात्रुको उद्दार कार्य भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्