Logo
  चैत्र १५, २०८० बिहीबार

मलाई मधेसी नभन्नुस्, म पहिले नेपाली हुँः यादव



सभासद लालबाबु यादवले कुराकानीको सुरुवातमै आफूलाई मधेसी नभन्न आग्रह गरे । उनलाई धेरैले प्रश्न गर्दा मधेसी फुँदा जोडिहाल्दा रहेछन् ।

‘एउटा मधेसी सभासदका रुपमा‘ एउटा मधेसी बुद्धिजीवीका हैसियतले ‘ मधेसको होनहार व्यक्ति भएको आधारमा‘’ जस्ता विश्लेषण जोडेर प्रश्न सोधिएको उनलाई कत्ति पनि मन पर्दैन । सबैलाई उनी यही आग्रह गर्छन्, ‘कृपया मलाई मधेसी नभन्नुस्, म मधेसीभन्दा पहिले नेपाली हुँ ।’

जातीय र क्षेत्रीय राजनीतिको उग्र माहौलमा रमाएकाहरुलाई लालबाबुका विचारहरु विद्रोहीजस्ता लाग्न सक्छन् । तर, क्षेत्रीयता र जातीयतालाई नकारेर राष्ट्रियताको कुरा गर्नु विद्रोह हो भने उनलाई बिद्रोही कहलाउँदा कुनै खेद छैन ।

एमालेले मनोनित कोटाबाट सभासद बनाउनुअघि नै लालबाबुको राष्ट्रवादी छवि स्थापित भइसकेको थियो । भनौं, लालबाबुको राष्ट्रवादी छवि देखेरै एमालेले उनलाई सभासद बनाएको थियो ।

केन्द्रीय क्याम्पस कीर्तिपुरबाट राजनीतिशास्त्रमा स्नात्तकोत्तर गरेका उनी २८ वर्षसम्म अध्यापन पेशामा संलग्न रहे । पढाइसकेर केही समय सेडा ९सेन्टर फर इकोनोमिक डेभलपमेन्ट एन्ड एड्मिनिस्ट्रेसन० को अनुसन्धान शाखामा जागिर खाए ।

प्रजातन्त्र, मानवअधिकार, संघीयता, राजनीतिक प्रणाली लगायत विषयमा अनेकन अध्ययन अनुसन्धान गरेका छन् उनले । पाटन र कीर्तिपुर क्याम्पसमा पढाउदै आएका उनलाई टिपेर एमालेले संविधानसभारुपी जंगलमा छिराएपछि उनी यतिबेला बाटो खोज्न रुमल्लिइरहेका छन् ।

‘मैले देशको यत्रो सेवा गरेँ, तर मेरो योगदानको कदरै भएन’ भन्नेहरुको भीडमा पनि लालबाबु अलग छन् । उनी भन्छन्, ‘मलाई यो देशले धेरै कुरा दिएको छ, अब देशलाई मैले यसको पैंचो तिर्नुछ ।’

प्रस्तुत छ, लालबाबुसित गरिएको वार्ताः

आफूलाई मधेसी भनेर चिनाउन नचाहनु तपाईंको राष्ट्रवादी सोच हो कि राजनीतिक स्टन्ट ?

जे ठान्नुस् । खासमा हामीकहाँ मधेस र मधेसी शब्दको प्रयोग जुन रुपमा भइरहेको छ, मलाई त्यो मलाई जायज लाग्दैन । मधेस भनेको भूगोल हो, तर हामीले यसलाई यसलाई संस्कृति र जातिसित जोडिदिएका छौं ।

संविधानले नै तपाईंलाई कथित पहाडी र मलाई कथित् मधेसी भनेर छुट्याइदिएको छ, जबकि तपाईं र म दुवै तराईवासी हौं । मधेसीका नाममा जुन आरक्षण छ, त्यो तपाइर्ंले पाउनुहुन्न, मैले पाउँछु । यो भेदभाव मलाई मान्य छैन ।

त्योभन्दा महत्वपूर्ण कुरा यो छ कि म जुनसुकै स्थानको, जुनसुकै संस्कृतिको र जुनसुकै जातको भए पनि पहिला त नेपाली हुँ नि । तपाईं आफूलाई पहाडी नभनेर नेपाली भन्नुहुन्छ भने म किन मधेसी भनुँ रु म नेपाली भनेर चिनिनुमा गर्व गर्छु ।

तपाईंजस्तो कहलिएको बुद्धिजिवी राजनीतिको हिलोमा किन पस्नुभयो रु बाहिरै ठीक थिएन ?

मेरो परिवारिक पृष्ठभूमि राजनीतिक हो । हजुरबुवा जिल्लाको चल्तापुर्जा नेता हुनुहुन्थ्यो भने बुवाले पनि वामपन्थी राजनीतिमा नाम कमाउनुभएको थियो । सानैदेखि ममा वामपन्थी विचारको प्रभाव पर्‍यो । यद्यपि म प्रत्यक्ष राजनीतिमा भने पछिमात्रै आएको हुँ । मेरो व्यक्तित्वलाई मूल्यांकन गरेर एमालेले सभासद बन्न प्रस्ताव गर्‍यो र स्वीकारेँ ।

तपाईंलाई त एमालेभन्दा कुनै मधेसी पार्टीमा लागेको भए राजनीतिको भर्‍याङ उक्लिन सजिलो हुन्थ्यो होला । कसैले प्रस्ताव गरेनन् ?
अफर गरेका छैनन् भनेँ भने मैले ढाँटेको ठहर्छ । मलाई राजदूतमा अफर आएको होइन कि, अघिल्लो संविधानसभामा अफर गरेको होइन कि । तर, मैले उहाँहरु सबैलाई विनम्रतापूर्वक अस्वीकार गरेँ । कृपया मलाई मधेसी नभन्नुस्, म मधेसीभन्दा पहिले नेपाली हुँ

मैले प्रष्ट शब्दमा भनेँ कि म कुनै क्षेत्रीय वा जातीय पार्टीबाट कुनै पनि पदमा, चाहे राष्ट्रपति वा प्रधानन्त्री नै किन नहोस्, जान्न । मैले त यही कमिटमेन्ट गरेको छु कि मेचीदेखि महाकालीसम्मका नेपालीहरु सबैका लागि काम गर्नेछु ।

एउटा जाति वा क्षेत्रमा सीमित हुन चाहन्न । मलाई अफर गर्नेहरुप्रति मेरो सम्मान छ । तर, आफ्नो सिद्धान्त बेचेर सम्झौता गर्दिँन ।
‘टु बी फ्रैंक’ कुरा गर्दा यतिबेला राष्ट्रियताको कुरामा एमालेलाई सबैले मानेका छन् । जनताले र मिडियाले पनि मानेका छन् । उत्कृष्ट नभए पनि भएका पार्टीमध्येको राम्रो हो भन्ने मेरो ठहर रह्यो । त्यसैले मैले एमालेको अफर स्वीकार गरेँ ।

जातीय र क्षेत्रीय राजनीति मेरो रुची अन्तरगत पर्दैन । म त सबैलाई भन्छु, मधेस होइन, देश भन्नुस् । क्षेत्रीयता होइन राष्ट्रियताको कुरा गर्नुस् । जातीयता र क्षेत्रीयताले कुन देशको भलो गरेको छ रु १९९० देखि २०१३ सम्म जति पनि गृहयुद्ध भएका छन्, ५८ प्रतिशत जातीय र क्षेत्रीय युद्ध भएका छन् । रुवान्डा होस, युगोस्लाभिया होस, वा क्रिमिया ।

जातीयता र क्षेत्रीयताले मुलुकको विकास विस्तार गर्दैन, मुलुकलाई चिरा पार्छ । सधैं द्वन्द्व बढाउँछ । त्यसैले मलाई जति ठूलो पदको आश्वासन दिए पनि जातीय क्षेत्रीय पार्टीमा म लाग्दै लाग्दिँन ।

तर, मधेसी समुदायमाथि भयंकर भेदभाव र ज्यादती भएको छ भन्छन् नि विद्वानहरु ?

संविधान र कानूनले भेदभाव गरेको छैन । संविधानले तपाईं र मलाई उत्तिकै अधिकार दिएको छ । मैले एमए सक्नेबित्तिकै स्थाई जागिर पाएँ । अहिले पनि धेरै ठाउँ मेरो डिमान्ड छ । मैले त कहिल्यै भेदभावको अनुभव गरिनँ ।

यतिबेला संघीय प्रदेशका लागि भएको सीमांकनलाई लिएर मधेसमा आगो बलिरहेको छ, यो आगोले तपाईंलाई पोलेको छैन ?

मैले सुरुदेखि एक मधेस एक प्रदेशको विरोध गर्दै आएको थिएँ । मैले भन्ने गरेको थिएँ कि एक मधेस प्रदेश कथित मधेसकै विरुद्धमा छ । मैले भन्ने गरेको थिएँ कि हिमाल, पहाड र तराई नमिलाएर सुखै छैन । अहिले मेरो भनाईलाई कथित मधेसी पार्टीका नेताहरुले नै प्रमाणित गरिरहेका छन् ।

उनीहरुले पहिले एकमधेस प्रदेश भनिरहेका थिए । अहिले भनिरहेका छन् कि जानकी मन्दिरको भेटीले प्रदेश चल्दैन । यतिबेला उनीहरुलाई पहाड चाहिएको छ । उनीहरु हिजो के भन्दै थिए र आज के भन्दैछन् रु मलाई कसैले बुझाइदिए हुन्थ्यो ।

एकातर्फ उनीहरुलाई स्वायत्तता चाहिएको छ, अर्कोतर्फ स्रोत र साधनमा समान अधिकार पनि चाहिएको छ । यो दुवै कुरा एकैसाथ कसरी हुन्छ ? यो पनि कसैले मलाई बुझाइदिए हुन्थ्यो । सायद पहिले नै अलिकति अध्ययन गरेर बोलेको भए आज आफ्नो कुरा आफैंले काट्दै हिँड्नुपर्ने अवस्था आउने थिएन होला ।

मैले पटक पटक भन्दै आएको छु कि, मधेस प्रदेश भएर समस्याको समाधान हुँदैन । बिहार र उत्तर प्रदेशमा ६५ वर्ष भइसक्यो, तर समस्या समााधन भएको छैन । जबकि केरला विश्वको पाचौं विकसित राज्यमा आइसक्यो ।

तपाईंको विचारमा मधेसका खास समस्या के के हुन् ?

मधेसको सबैभन्दा ठूलो समस्या ‘आइडेन्टीटी’ हो । उनीहरुलाई नेपालीको रुपमा हेर्ने दृष्टिकोणको कमि । कतिपयले अझै पनि मधेसीलाई धोती भनेर गाली गर्छन् । जबकि धोती पहाडी बाहुनले पनि लगाउँछन् । मधेसी जति सबैलाई फोरम र सबैलाई सद्भावना भन्ने सम्झिने प्रवृत्ति पनि छ ।

मधेसभित्रै जातीय भेदभाव अर्को समस्या हो । शोषक र शोषित समुदाय मधेसभित्रै छन् । दलितहरु भन्छन्, हाम्रो मुख्य शत्रु यादव, बाहुन र राजपुत हुन् । हाम्रो साथी भनेको त पहाडी मुलकै व्यक्ति हुन् भन्छन् उनीहरु । दलितकी छोरीबेटीमाथि बदमासी गर्दा पुलिस गयो भने सबै ‘एलिट’ एक हुन्छन् । बदमासी गर्नेलाई नै मद्दत गर्छन् । मधेसी जनतालाई राज्यले दिएको आरक्षण पनि प्राय यादवले, बाहुनले खान्छन् । खोइ कुमार, चमार, डोमहरुले पाएको रु सीमान्तकृत त उहाँहरु हो । राज्यले पनि जो बोल्छ, उसैलाई गर्छ ।

ीबदिबदग(थ्बमबख(ज्ञअर्को त सीमा क्षेत्रको समस्या छ । इन्डियन बोर्डरबाट हिँड्दा मधेसीहरु कुटिनुपर्छ । एककिलो चिनी ल्याउँदा इन्डियन पुलिसले खुट्टा भाँच्छ । हाम्रो सरकारले सुरक्षा दिँदैन ।

एकपटक म नेपाली संसदहरुसित इन्डियाको मन्त्रीलाई भेट्न गएको थिएँ । ती मन्त्रीले भने, ‘हाम्रो व्यवहारमा किन शंका उपशंका गर्नुहुन्छ रु हामी त सांस्कृतिक रुपमा पनि नजिक छौं ।’ मैले उनलाई जवाफ दिएँ, ‘हाम्रो बोर्डर खुल्ला छ । तर तपाईंले एक किलो चिनी किन्न वा कपडा किन्न गएको नेपालीलाई नराम्रोसित पिटिदिनुहुन्छ । टर्चर गर्नुहुन्छ । अन्तर्राष्ट्रिय कानूनको विरुद्ध नेपाललाई डुबानमा पार्ने गरी बाँध बनाइदिनुभएको छ ।’ म बोलिरहँदा नेपालका संसदहरुले चुप लाग्नुस, चुप लाग्नुस् भने ।

तर, यी कुराहरु त मधेसवादी दलहरुले कहिल्यै उठाउँदैनन् । किन होला ?

त्यो त उनीहरुलाई नै सोध्नुस् । मधेसवादी मात्रै किन रु कसैले पनि उठाउँदैनन् । मलाई त दुख लाग्छ पार्टीहरु के इस्यूमा हिँडिरहनु भएको छ रु तपाईंलाई इतिहासले कहिल्यै माफी दिँदैन ।

मधेसवादी दलहरुसित तपार्इंको हरेक कुरामा मतभिन्नता देखिन्छ । उनीहरु जे(जे कुराको विरोध गर्छन् तपाईं तिनै कुराहरुलाई बोकेर हिँड्नुहुन्छ । जस्तै, उनीहरु दौरा सुरुवालको विरोध गर्छन् । तपाईं दौरासुरुवाल लगाएर हिँड्नुहुन्छ । यो कस्तोखालको सोख हो ?

उहाँहरु आफूलाई मधेसवादी भन्नुहुन्छ र मलाई मधेसविरोधी भन्नुहुन्छ । उहाँहरुका लागि पहाडेलाई गाली गर्नु नै मधेसवाद हो । म त्यो मान्दिँन । पहाडेलाई गाली गरेर मधेसको हित हुँदैन ।

दौरासुरुवालको कुरा गर्नुहुन्छ भने उहाँहरुले नजानेर, नबुझेर उहाँहरुले विरोध गर्नुभएको हो । हरेक देशको आफ्नो पहिचान हुन्छ । त्यो पोशाकमा पनि झल्किनुपर्छ, भाषामा झल्किनुपर्छ, संस्कृतिमा झल्किनुपर्छ ।

मधेसीका बारेमा सबैभन्दा पहिले आवाज उठाउने गजेन्द्रनारायण सिंह हो कि होइन रु तर, उहाँले पनि हाउसमा जाँदा राष्ट्रिय पोशाक नै लगाउनुभयो । ०६२ पछि जति पनि मधेसी नेताहरु संसद र मन्त्री हुनुभयो, उहाँहरु सबैले दौरा(सुरुवाल लगाएकै हो । पहिले लगाएकाहरुले अहिले किन विरोध गर्ने रु म त पहिले पनि लगाउँथे, अहिले पनि गर्वसाथ लगाउँछु ।

जुनसुकै औपचारिक कार्यक्रममा जाँदा पनि दौरा सुरुवाल टोपी लगाएर जान्छु । अरुले जे भनुन्, म लगाउन छोड्दिँन । मलाई राष्ट्रपति बनाइदिन्छु, दौरा सुरुवाल छोड्नुस भने पनि छोड्दिँन । प्रधानमन्त्री बनाइदिन्छु, दौरा(सुरुवाललाई गाली गर्नुस् भने पनि गर्दिँन ।

तपाईंको मिडियामार्फत म यो भन्दैछु । मैले किन दौरा सुरुवाल छोड्ने ? कुनै जातविशेषको पेवा हो दौरासुरुवाल ? यो त नेपालको हो ।
इन्डियाका प्रधानमन्त्री मनमोहन सिंह वल्र्ड बैंकमा काम गरेको मान्छे, अमेरिकामा गएको बेला कुर्ता(सुरुवाल र पगडी लगाएका थिए । हाम्रा प्रधानमन्त्रीले चाहिँ कोट(सुट(टाई लगाउनुभएको थियो । टाउकोमा टोपी पनि थिएन ।

तपाईंले दौरा सुरुवाल लगाएर हिँड्दा के भन्छन् अरु मधेसीहरुले ?

केही समयअघि एउटा कार्यक्रममा गएको थिएँ । त्यहाँ मधेसी नेता र युवाहरु टाईसुट लगाएर गएका थिए । मैले राष्ट्रिय पोशाक लगाएको थिएँ । एकजनाले मलाई भन्नुभयो कि मधेसी भएर किन दौरासुरुवाल लगाएर हिँड्नुहुन्छ रु यो त महेन्द्रले लागू गरेको पोशाक हो ।

ए बाबा, महेन्द्रले गरेको भन्नासाथै सबै कुरा खराब हुन्छ ? त्यसो भए उसले बनाएको पूर्व(पश्चिम राजमार्गमा किन हिँड्नुहुन्छ रु उसले बनाएको १४ अञ्चल ७५ जिल्ला किन मान्नुहुन्छ ? राम्रो कुरालाई त जसले गरे पनि राम्रो नै भन्नुपर्छ । फेरि यो महेन्द्र राजाले ल्याएको पोशाक पनि होइन । यो त मुगलको पालादेखि चलेको पोशाक हो । विरोध गर्नेहरुले यति त अध्ययन गर्नुपर्‍यो ।

मैले उहाँलाई भनेँ, तपाईंले जे लगाउनुभएको छ, त्यो ब्रिटिश ड्रेस हो । टाई भनेको क्रिस्चियनहरुको हो, हाम्रो होइन । हामी आफ्नो शोका लागि, पर्सनालिटी देखाउनलाई लगाउछौं । तर, म टाई लगाएर नेपाली ड्रेसलाई गाली गर्दिन । विदेशी लुगा लगाएर नेपाली लुगालाई गाली गर्नु लाजमर्दो कुरा हो ।

अर्को एक ठाउँमा पनि मलाई गाली गरे । एक मधेसका आफ्नै नाता पर्नेले दौरासुरुवाल लगाएको भनेर गाली गरे । सुरुमा त चुपचाप बसेको थिएँ, जब दोस्रोचोटि फेरि भने, मैले सोधेँ, ‘तपाईंको दादा, परदादा ब्रिटिश पाइन्ट सर्ट लगाएर पैदा भएको हो रु’ त्यसपछि उनी चुप लागे ।

म यति विश्वस्त छु कि यो ड्रेसका बारेमा नजानेर हो । अमेरिकनहरु किन कालो सुट लगाएर राष्ट्रपतिको सपथ खान्छन् रु इन्डियनहरु किन सेरवानी लगाउँछन् रु इन्डियामा १५ अगष्टमा प्रधानमन्त्रीले झण्डा फहराउँदा सँधै सेरवानी लगाउँछन् । १९७८ तिर चरण सिंहले धोती कुर्ता लगाएर झण्डा खोल्नुभो तर मिडियाले गाली गर्नुसम्म गरे । उहाँले गल्ती स्वीकार पनि गर्नुभो । नेपालमा पनि उपराष्ट्रपतिले धोती कुर्ता लगाएर सपथ खाँदा ठूलो विवाद आयो । अहिले उहाँ पनि राष्ट्रिय पोशाक नै लगाउनुहुन्छ । सुहाएको पनि छ ।

तर, दौरासुरुवाललाई अहिले संविधानमा राष्ट्रिय पोशाकको मान्यता दिइएको छैन नि ?

हो, संविधानअनुसार त नेपालको राष्ट्रिय पोशाक नै छैन । तर, अनौपचारिकरुपमा राष्ट्रपति, उपराष्ट्रपतिदेखि मन्त्री र धेरै नेताहरुले राष्ट्रिय पोशाककै रुपमा लिनुभएको छ । मैले पनि लिएको छु ।

दौरा सुरुवाल लगाउनलाई कत्तिको सहज हुन्छ ?

गर्मीमा अलि लगाउन गाह्रो हुन्छ । अर्को कुरा मेन्टेनेन्स राम्रोसित गर्नुपर्छ । म हाउसमा प्रायः लगाएरै आउँछु । संसदजस्तो गरिमामय ठाउँमा सबैले राष्ट्रिय पोशाक लगाउनु राम्रो हो । अरु देशको संसदमा छिर्नै दिँदैनन् राष्ट्रिय पोशाक नलगाई ।

हिन्दू भाषालाई राष्ट्रिय भाषाको मान्यता दिनुपर्ने आवाज पनि बेला(बेलामा उठ्छ, यो कत्तिको आवश्यक कुरा हो ?

हुँदैन, कुनै हालतमा हुँदैन । त्यो अर्को देशको भाषा हो । हिन्दूस्तानको राष्ट्रिय भाषालाई हाम्रो देशमा किन मान्यता दिने रु हिन्दी भाषा हामी बोल्दा पनि बोल्दैनौं र मान्दा पनि मान्दैनौं । हामी आफ्नै भाषामा धनी छौं । मिथिला भाषा हिन्दीभन्दा धेरै माथिको भाषा हो ।

हाम्रो मातृभाषालाई कसरी माथि उठाउने भनेर सोच्नुपर्छ । अहिले जसले मातृभाषाको कुरा गर्नुहुन्छ, उहाँहरु आफ्ना छोराछोरीलाई अंग्रेजी स्कुलमा पढाउनुहुन्छ । उहाँ भन्नुहुन्छ, पाँच कक्षादेखि १० कक्षासम्म मातृभाषामा पढाइ गराउनुपर्छ । तर, उहाँहरु आफ्ना सन्तानलाई पब्लिक स्कुलमा पढाउन तयार हुनुहुन्न ।

नेपालमा मधेसीकै मागअनुसार राज्यका निकायहरुलाई बनाउने भनेर आरक्षण प्रणाली लागू गरिएको छ । यो कत्तिको वैज्ञानिक र व्यवहारिक छ ?

म त आरक्षणमा विश्वास गर्दिँन । मेरो विचारमा केही समय दलितलाई आरक्षण दिनुपर्छ । किनकि उनीहरु साँच्चिकै धेरै पछाडि छन् । अन्य समुदायलाई आरक्षण आवश्यक छैन । अहिलेसम्म आरक्षणको फाइदा टाठा बाठाहरुले मात्रै लिइरहेका छन् ।

अहिलेको भाँडभैलो हेर्दा संघीयताले देशलाई कता लैजाला त ?

लक्षण विलकुल राम्रो छैन । संविधानमा संघीयता लेखिएको यति वर्ष भइसक्यो, के भएको छ रु दलहरुले सीमांकनमा सहमति गर्नासाथ देशमा के रक्तपात भएको हामीले देखेकै छौं । अहिलेसम्म द्वन्द्वभन्दा बाहेक केही दिएको छैन संघीयताले । तर यतिबेला पछाडि फर्किन सक्ने अवस्था पनि छैन ।

अहिलेसम्म विश्वका जम्मा २८ वटा देशमा छ संघीयता । तपाईंलाई भनिदिन्छु, विश्वमा सबैभन्दा बढी हतियार विक्री र निर्यात गर्ने मुलुक अमेरिका हो, त्यहाँ संघीयता छ । सबैभन्दा बढी हतियार किन्ने इन्डिया हो, त्यहाँ संघीयता छ । हामीले संघीयता पास गरिसकेका छौं । अब त कमभन्दा कम क्षति होस भनेर कामना गर्न मात्र सकिन्छ । म यही आग्रह गर्छु, संघीयता बनाउने नै हो भने निजी स्वास्र्थ र पार्टीगत स्वार्थबाट माथि उठ्नुस ।

मैले भन्दै आएको छु, एकल जातीय पहिचानसहितको संघीयता शुद्ध जहर हो भने बहुजातीय पहिचानसहितको संघीयता पानी मिसाइएको जहर हो । पहिलोले अलि छिटो काम गर्छ दोस्रोले अलि ढिलो । काम दुवैको एउटै हो ।

कुनै देशमा जातीयता र क्षेत्रीयता बढ्यो भने राष्ट्रियता, विकास र सोसल हामोर्नलाई कमजोर पर्छ । त्यो गर्नै हुँदैन ।
प्रस्तुतिः चिरञ्जीवी पौडेल । अनलाईन खबरबाट
 

प्रतिक्रिया दिनुहोस्