Logo
  बैशाख ७, २०८१ शुक्रबार

बिहे गर्ने सोच छैनः ज्योती मगर



मोरङको डाँगिहाटको लक्ष्मीमार्ग स्थीत लक्ष्मी उच्च मा।वि। खेल मैदानमा डाँगिहाट युथ क्लवको मुख्य आयोजकत्व साथै डाँगिहाट व्यापार प्रवन्ध समितिको सह आयोजकत्वमा माघ २९ गते देखी सुरु भएको डाँगिहाट खेलकुद महोत्सवमा बिहिवार साँभझ आएकी चर्चित गायिका तथा मोडल ज्योती मगरले डाँगीहाट वासिलाई नचाएकि छिन् । रोल्पाको नुवागाँउमा जन्मे हुर्केकि ज्योती मगर हिजोआज सांगितिक क्षेत्रमा निकै हट गायीका मानिन्छिन् । संगितिक कार्यक्रममा पूर्व आएकी हुन उनी संग विवेक मिश्रले गरेको कुराकानीका केहि अंश 
रोल्पाको मान्छे पुर्व आउनुभएको छ कस्तो लागीरहेको छ ?
सोचेभन्दा धेरैनै रमाईलो लागेको छ । यस अघि पनि एक पटक सुनसरीको झुम्काको क्षेत्रीय कारागारमा कार्यक्रमको सिलसिलामा आएको थिएँ ।
कस्को प्रेरणाले यस क्षेत्रमा लाग्नुभयो ?
म गाँउमा स्कुल पढ्दादेखीनै विभिन्न नाटक तथा अन्य सांगीतीक कार्यक्रमहरुमा समाबेस हुनेगर्थे । पछि थप प्रेरणा चाँहि मेरो अंकल र थुलोबुवा बाट प्राप्त भयो ।
कति भयो यस क्षेत्रमा लाग्नुभएको ?
गाँउबाट राजधानी आएपछि करिव दश बर्ष जति भयो ।
हाल सम्म कतिवटा गितहरु गाउनुभयो ?
करिव पाँच दर्जन जति गितहरु गाएको छु । त्यस मध्ये सात वटामा गीतको भिडीयोमा चाँहि आफै अभिनय समेत गरेको छु ।
सधै उस्तै देखीनुहुन्छ कति वर्ष पुग्नुभयो ?
छोरा मान्छेको सेलरी र छोरी मान्छेको उमेर नसोध्नु भन्छन् ।
बिहे कहिले गनुहुन्छ ?
खोई अहिले त्यतातीर ध्यान छैन जुरेपछि गरीएला ।
कति पढ्नुभएको छ कि पढ्दै हुनुहुन्छ ?
एस।एल।सि पास गरेर काठमाण्डौँको पिकेमा पढ्न सुरु गरीयो पछि खासै पढाइमा अघि बढ्न सकिएन, अबत पढ्छु जस्तो नि लाग्न छाड्यो ।
किन बढि मात्रामा सेक्सुवल प्रकारका गितमा अभिनय गर्नुहुन्छ ?
आ आफ्नो पन हो म्युजीक, पोल्टिक्स, गेम र सेक्स संगसंगै आउछ यो चार चिजले कुनैन कुनै रुपले मान्छेलाई तान्छ । फिलिङ्स अनुसारको भिडियो खेल्छु , अचेल त मेरो प्याट्रोननै बनिसक्यो ।
सबैभन्दा मन परेको गित कुन हो ?
उहि मुलाको चाना । 
अन्त्यमा तपाईका स्रोता तथा दर्शकलाई के भन्न चाहनुहुन्छ ? 
दर्शक तथा स्रोताहरु हुनुहुन्छ रनै म छु । म सधै उहाँहरुको ऋणि रहिरहनेछु र सधैभरी यसैगरी माया गरीरहनु हुनेछ भन्ने आशा गर्दछु ।
प्रस्तुतिः बिबेक मिश्र

प्रतिक्रिया दिनुहोस्