Logo
  चैत्र १५, २०८० बिहीबार

‘विभेद हटाउन मिस विश्वकर्मा’



पूर्वाञ्चलमा जातीय छुवाछूत अन्त्यका लागि विश्वकर्मा युवा संस्था दमकले मिस विश्वकर्मा पूर्वाञ्चलको  फाइनल यही असोज १४ गते झापाको दमकमा हँुदैछ । गत भाद्र १० गतेबाट सुरु प्रतियोगितामा पूर्वाञ्चलभरिका १ सय जनाभन्दा बढी प्रतिस्पर्धीले सहभागिता जनाएका थिए । जसमा २६ जना छनोट भएका थिए । तिनीहरुलाई अहिले बन्द प्रशिक्षण दिइरहेको छ । प्रस्तुत छ, संस्थाका संरक्षक फौद गहतराजसँग चिरञ्जिबी घिमिरेले गरेले गरेको कुराकानी –
 

मिस विश्वकर्मा पूर्वाञ्चल किन ?
विशषेत हाम्रो उद्देश्य भनेकै दलित र अन्य वर्गको असमानतालाई चिर्ने हो । यसको अलवा भनेको हाम्रो समुदायको संकृती जगेणा गर्ने हो । अहिले समाजमा दलितले आफ्नो थर पनि भन्न नसकेको अवस्था छ । त्यसैले हामिले यो इभेन्टको आयोजना गरेका हौँ ।
 
प्रयिोगितामा को को सहभागी छन् ?
प्रतियोगितामा पूर्वाञ्चलभरिका विश्वकर्मा समुदायका २६ जना युवतीहरु सहभागि छन् । धरान र दमकबाट हामिले छनौट गरेका थियौँ । छनौँटमा जम्मा १ सय १० जना प्रगियोगिहरु सहभागि थिए । उनीहरु १६ वर्ष देखि २५ वर्ष उमेर नकाटेका एसएलसी पास गरेका छन् । यो प्रतियोगिताको फाईनल यहि १४ गते दमकमा गर्ने छौँ ।
 
प्रतियोगितामा छनौट गर्न निर्णायकको भूमिका कसले खेलेको थियो ?
छनौट प्रतियोगितामा मोडल तथा नायिका रिमा बिश्वकर्मा मोडल प्रियंका शंकर, मोडल मिरा धमला, मोडल बिशाल बराईली, राम दियाली लगायतले गरेका थिए । हाम्रो समुदायमा पनि सक्षम छन् भन्नलाई पनि उनीहरुलाईनै हामिले निर्णायकको भूमिकामा प्रस्तुत गराएका हौँ । छनौट निश्पक्ष तरिका बाट भएको छ । फाईनलमा पनि राष्ट्यि स्तरका जर्जहरु आउनुहुने छ ।
 
यत्रो ईभेन्ट गर्नु भएको छ, प्रायोजक धेरै होलान्नी होईन् ?
हो ईभेन्ट ठुलो छ तर प्रायोजक कम छन् । अहिले सम्म हामिले गणेश ज्वलरीले मात्र प्रतियोगिामा प्रथम हुनेलाई पूरस्कारको प्रयोजन गरेको छ । अन्य सहयोगकालागि पनि हामि अपिल गरि रहेका छौँ । देश विदेशमा रहेका विश्वकर्मा दाजुभाईलाई पनि सहयोग गर्न हामि आग्रह गर्द छौँ । अन्य सहयोग जुटाउन दमकका ब्यवसायी दाजु भाई संग कुरा गरिरहेका छौ ।
 
प्रतियोगितामा कस्ता पूरस्कारको ब्यवस्था छ ?
पक्कै पनि प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय पूरस्कार त छदैछन् त्यसको अलाबा अन्य धेरै विधामा हामि पूरस्कार दिने छौँ । प्रथमले एउटा  यामाहाको स्कुटर पाउने छ । त्यस्तै द्वितीयले नगद ५० हजार र तृतीयले २५ हजार प्राप्त गर्ने छन् । र उनीहरुले एउटा म्युजिक भिडियोमा खेल्ने अवसर पनि प्राप्त गर्ने छ ।
 
यो प्रतियोगिताले निरन्तरता पाउछ कि यही अन्तिम हो ?
पक्कै पनि यो प्रतियोगिताले निरन्तरता पाउने छ । यो समाजमा भएका हाम्रा युवतीहरुको प्रतिभालाई हामि जहिले सम्मान गर्ने छौँ त्यसैले प्रतियोगिताले निरन्तरताअ पाउने छ ।
 
धरै सौन्दर्य प्रतियोगितामा पैसाको चलखेल हुन्छ भन्छन् नि ?
हो अन्य प्रतियोगितामा नहोला भन्न सकिन्न तर यो हाम्रो प्रतियोगिता ब्यवसायिकताकालागि गरेका होइनौँ । यो नितान्त समाजमा रहेका हाम्रा बिश्वकर्मा युवतीको प्रतिभालाई सबै माझ ल्याउनु हो । त्यसैले हाम्रो तर्फबाट यस्तो काम कहिले हुदैँन । जब सम्म हामि वर्गीय आन्दोलनको अन्त्यमा पुग्दैनौँ तबसम्म यस्तो काम कहिले गर्दैनौँ । अन्त्यमा हामि सबै हिसाब सार्वजनिक गर्ने छौँ ।

प्रतिक्रिया दिनुहोस्