विश्वकप क्रिकेट फाइनल: अस्ट्रेलियाले टस जितेर बलिङ राेज्याे
काठमाडौँ, ३ मङ्सिर । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा भारतसँगको खेलमा अस्ट्रेलियाले टस जितेको छ ।
अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा टस जितेर अस्ट्रेलियाका कप्तान प्याट कमिन्सले बलिङ रोजेका हुन् ।
भारत न्युजिल्यान्डलाई हराउँदै फाइनलमा पुगेको हो भने यस्तै अस्ट्रेलिया दक्षिण अफ्रिकालाई हराउँदै फाइनलमा पुगेको हो ।
भारतको प्लेइङ ११
रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल (विकेटकीपर), सूर्यकुमार यादव, रविन्द्र जडेजा, मोहम्मद शामी, जसप्रीत बुमराह, कुलदीप यादव, मोहम्मद सिराज
अस्ट्रेलियाको प्लेइङ ११
ट्राभिस हेड, डेभिड वार्नर, मिचेल मार्श, स्टेभेन स्मिथ, मार्नुस लाबुशेन, ग्लेन म्याक्सवेल, जोश इङ्लिस (विकेटकीपर), मिचेल स्टार्क, प्याट कमिन्स (कप्तान), एडम जम्पा, जोश हेजलवूड