Logo
  चैत्र १५, २०८० बिहीबार

चरी हत्या छानवीन गर्न केकाे डर ?



 राजकुमार रेग्मी । यो साता एकजना चरी मारिए। चरी उपनामका मानिस कि चरा मारियो रु उनको हत्यापछि उत्पन्न कतिपय खाले प्रतिक्रिया हेर्दा सोध्नैपर्ने हुन्छ, दिनेश अधिकारी मानिस कि चरा थिए ।

चरी गुण्डा नाइके थिए, डन थिए। चरीजस्तो गुण्डा हाम्रो समाजबाटै जन्मने हो। जन्मँदैमा कोही पनि हुर्कन्छ भन्ने छैन। गुण्डा हुर्कन बलियो राजनीतिक पार्टीको न्यानो काख चाहिन्छ। पार्टीको पालनपोषण पाए मात्र टोले गुण्डाहरु राष्टिय रुपमा कुख्यात डनको रुपमा विकसित हुन्छन्।

चरीको हत्यापछि जेजस्ता तथ्य आंशिक खुलेका छन्, त्यसले पनि भन्छ, उनी एमाले संरक्षित डन थिए। एमालेका खासखास नेताहरुको छत्रछायाँ र माया पाएर नै चरीको ‘राष्टिय व्यक्तित्व’ बनेको हो।

अब विचार गरौं, गुण्डा र डनलाई संरक्षण दिने नेतालाई महागुण्डा या महाडन भन्ने कि नभन्ने रु चरी अपराधी थियो भने उसलाई काखमा राखेर सत्ता र शक्तिको पापा खुवाउने नेताहरु झनै अपराधी हुन् कि होइनन्रु गुण्डा पालेर समाजमा आतंक मच्चाउने अधिकार नेताहरुलाई कसले दियोरु यी प्रश्नले संसदीय छानवीन माग गर्छ।

किन छानवीन रु

संसद सर्वशक्तिमान संस्था हो। संसद भनेको चरीडनलाई मार्नेको पनि हो र चरीडनको पनि हो। संसद भनेको गुण्डा पाल्ने नेताको पनि हो, गुण्डाको पनि हो। संसद भनेको प्रहरीको पनि हो र प्रहरीको गोली खाएर मर्नेको पनि हो। धनी गरीब, पहुँच हुने र नहुने सबैको हो संसद।

चरी उपनामको एउटा डन थियो, उसलाई प्रहरीले मार्यो, राम्रो भयो भन्ने निष्कर्ष निकालेर ताली पिट्नु लोकतन्त्रको लज्जा हो। हाम्रो देशमा मृत्युदण्ड वर्जित छ। विदेशी भूमिमा मृत्युदण्ड पाउने नेपालीलाई बचाउन चन्दा उठाउने हामी नेपाली आफ्नै भूमिमा एकजना नागरिक मारिँदा ताली पिट्छौं। यो शोभनीय हुन सक्दैन।

नेताले डन पाल्ने, प्रहरीले नेताको इशारामा डनलाई सय खुन माफ गर्ने, अनि, के कुरा नमिलेर त्यो डनलाई प्रहरी लगाएर मार्ने१ यो अन्याय र अत्याचार हो। चरीले जिवित छँदा अनेकखाले अत्याचार गरेको थियो होला तर उसलाई पक्रेर मार्नु त्योभन्दा हजारौं गुणा ठूलो अत्याचार हो। राज्यले मान्छे मार्न पाउँछरु

नेताहरुको प्यारो भइन्जेल डनका रुपमा अत्याचार र आतंक मच्चाउन पाइने, नेताको अनुकूल नभएपछि मारिनुपर्ने यो कस्तो लोकतन्त्र हो रु नियालेर हेर्ने हो भने यो प्रकरणमा डनको पनि डन अर्थात् महाडनका रुपमा नेता र प्रहरी देखिएका छन्। तर, ती कोको हुन् रु छानवीन हुनुपर्छ कि पर्दैन रु

नेताले मन लागिन्जेल डन पाल्ने, स्वार्थ नमिलेपछि मारेर फाल्ने दिन आएको हो नेपालमा रु फिल्मको कथा नेपालमा साक्षात देखिन थालेको हो रु चरीजस्ता ठुटे डनको हर्कतभन्दा राज्यको संरक्षणमा मारेर फाल्ने हर्कत कैयौं गुणा घातक हो। यो कामको छानवीन हुने कि नहुने रु

हरेक हत्याकाण्डको संसदीय छानवीन नै गर्नुपर्छ भन्ने छैन, अन्य किसिमका न्यायिक छानवीन हुनसक्छ। कुनै न कुनै प्रकारको न्यायिक छानवीन गरेर यो हत्याकाण्डबाट पर्दा उठाइनुपर्छ। ताकि, मुलुकबाट गुण्डा र डन संस्कृतिलाई विदा गर्न सकियोस्।

अरुको पोल खोल्ने कि नखोल्ने रु

चरीजस्ता डन नेपालमा अरु पनि छन्। चरीभन्दा ठूला भनेर कुख्यात डन धेरै छन्। चरी हत्याकाण्डको संसदीय छानवीन हुँदा अन्य डन बारे पनि छानवीन गरिनुपर्छ। चरीलाई कसले संरक्षण दिएको थियो भन्ने खुल्नुपर्छ कि पर्दैन रु चरी नामको डन थियो, मुठभेडमा मारियो भनेर ताली पिट्ने वातावरण सिर्जना गरेर छानवीनको ढोका बन्द गर्न पाइन्छ कि पाइन्न रु

चरीको कर्तुतसँग सहमत हुन सकिन्न। चरी मारिएकोमा ताली पिट्नेहरुले पनि निष्पक्ष छानवीनको माग गरेर उनका मतियारहरुको नकाब उतारियोस् भन्नुपर्छ कि पर्दैन रु चरीको गुण्डागिरी गलत तर उसको गुण्डागिरीलाई संरक्षण दिनेहरु चाहिँ ठीक भन्ने निष्कर्ष किन निकाल्न खोजिँदैछ। यसो हुनु हुँदैन।

डनलाई मार्न पाइन्छ भन्ने स्थापित गर्न खोजियो भने घातक परिणाम आउनसक्छ। भोली भ्रष्टलाई पनि मार्न पाइन्छ भन्दै पटापट मार्न थालियो भने कानुनी राज कहाँ पुग्छरु नेपाल गुण्डागिरीभन्दा धेरै भ्रष्टाचारले पीडित छ। फलानो भ्रष्टाचारी हो त्यसैले मारेको भन्न थालियो भनेरु यस्तो स्थितिको कल्पना पनि गर्न सकिन्न।

लोकतन्त्रमा तालीवानी संस्कृति स्वीकार्य हुन सक्दैन। चरी हत्याकाण्ड अनेक कारणले गर्दा राष्टिय राजनीतिको सतहमा देखियो। प्रहरी ज्यादती सम्बन्धमा संसद बैठकमा तराईका कतिपय सभासद्ले बोलेका कुरा राष्टिय मुद्दा बन्नै सकेको छैन। प्रहरी ज्यादती तराइमा अत्यधिक छ। चरीहत्याकाण्डको छानवीनसँगै यस्ता विषयलाई छानवीनको दायरामा ल्याइनु आवश्यक छ।
चरीलाई संरक्षकहरुले नै मार्न लगाए कि साँच्चै मुठभेडमा मारिएरु निष्पक्ष छानवीन गर्न किन डराउने रु चरी त मारियो, डनका पनि महाडनको मुहारबाट नकाब उत्रनुपर्छ कि पर्दैन रु हाम्रोमा पार्टीपीच्छेका डन छन्, कतिपय पार्टीको केन्द्रीय समितिमै डन छन्। कतिपय नेता डनजस्ता बनेका छन्। चरीको हत्यामा ताली पिटेर यो स्थितिको अन्त्य हुँदैन, छानवीन गरेर तथा पर्दाफास गरेर मात्र गुण्डा संस्कृतिको अन्त्य गर्न सकिन्छ।

गुण्डा मारियो अब केको छानवीन भन्ने बातावरण बनाउन खोजिँदैछ। चरीलाई अन्तै मारेर मुठभेडको नाटक रचिएको रहेछ भनेरु कि मुठभेडको नाममा डनलाई चाहिँ मार्न पाइने हो ?  कुन कानुनमा लेख्या छ यस्तो रु यस्तो छुट दिने हो भने भोली प्रहरीले शक्ति दुरुपयोग नगर्लान् भन्ने छ ?

चरी हत्या प्रकरण मात्र होइन, यस्ता संदिग्ध हत्या प्रकरण अरुको पनि छानवीन गरिनुपर्छ। खासगरी प्रहरी कारबाहीमा भएका मृत्यु सबैको छानवीन गरिनुपर्छ। प्रहरी जीवन रक्षाका लागि हुन्, हत्याका लागि होइनन्। लोकतन्त्रको मान्यता यही हो। एकछिनका लागि ताली पाइने कुरा गरेर हुन्न, पद्धति र प्रक्रियाको कुरा गरौं। छानवीन गरौं।

डन पक्रेपछि कि नेताले छुटाउँछन् कि अदालतले मुद्दा जिताइदिन्छ, त्यसैले मारेर राम्रै गरे भन्ने किसिमको प्रचार पनि भइरहेछ। यदी यसै हो भने झन घातक हो। हाम्रो कानुनी प्रणालीमा कहाँ छिद्र छ, कहाँ कमजोरी छ, नेताले गुण्डा नाइकेलाई किन छुटाउँछन्रु चरी जसरी मारिएपछि छानवीन गर्न किन पछाडि हट्छन् रु यस्ता प्रश्नको जवाफ पनि संसदीय छानवीनबाट खोज्ने कि नखोज्ने र ?

प्रतिक्रिया दिनुहोस्