Logo
  चैत्र १५, २०८० बिहीबार

श्रमिक महिलाको दिवस बनोस्



सावित्रा दाहाल
“महिला सशक्तीकरण नै मानवीय सशक्तीकरणको तस्बिर हो ।” भन्ने अन्तर्राष्ट्रिय नारा र  “लैङ्गिक मैत्री संविधान, महिला हिंसाको निदान” भन्ने राष्ट्रिय नाराका साथ १०५ औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहँदा उर्लाबारीका नारायणप्रसाद अधिकारीद्वारा कुबेतमा बेचिएकी गीता (नाम परिवर्तन) चरम यौन शोषणको सिकार मात्र नभई अत्यधिक शारीरिक यातनाले कानको जाली फुटेको अवस्थामा हालै नेपाल आइपुगेकी छन् । यस्तै पाँचथर निवासी मुना राई श्रीमान्ले दोस्रो विवाह गरेपछि घर निकाला गरेपछि जन्डिसबाट ग्रस्त भई १ छोरासहित सडकमा अलपत्र रहँदा सामाजिक कार्यकर्ताद्वारा उपचार गराउँदा गराउँदै उनको भर्खरै मृत्यु भयो र अनाथ बनेको बालक अनाथ आश्रममा बस्न बाध्य भएको छ । यसै गरी विवाह गरेको १२ दिनमा वैदेशिक रोजगारीमा गएका कनकाई न. पा. १ निवासी कमला घिमिरेका श्रीमान् ४ वर्षपछि आएर केही समय श्रीमतीसँगै बसी बिना सूचना घरबाट हिँडेर खबर नगरेकोमा श्रीमती आँसुका घारा झार्दै न्यायका लागि गुहार माग्दै हिजै मात्र अधिकार कर्मीका घरसम्म पुगेकी छन् । यसै गरी केही समयअघि तिन छोराछोरीको लालन पालन गरेर बसेकी एकल महिला गोमा रिजाललाई हत्याराहरूले तेजाब खन्याएर हत्या गरे । यी हाम्रो समाजका केही उदहारण हुन् ।
महिला हिंसा सदियौँदेखि हाम्रो समाजमा गरिँदै आएको व्यवहारको प्रतिबिम्ब हो । बाबुले आमालाई पिटेको, सासु ससुराले बुहारीलाई र बुहारीले सासु ससुरालाई गरेको व्यवहार, नन्दले भाउजूलाई र भाउजूले नन्दले गरेको व्यवहार देखेर आगामी पुस्ताले पनि सोहीअनुरूपको व्यवहार गर्ने गरेको अनुसन्धानबाट फेला परेको छ । ‘ढोलक, शुद्र, पशु र नारी यी सब ताडन के भारी’ भनी महिलालाई पिटेर तह लाउनुपर्छ भन्ने धारणा हामीकहाँ मात्र होइन अन्यत्र पनि उत्तिकै प्रचलित छ । स्पेनमा एक प्रश्न छ ‘खच्चर र आइमाईमा के समानता छ ? उत्तर राम्रो धुलाईले दुबैलाई सपार्छ’ यसै गरी एक रसियाली भनाइले पनि यही भनाइलाई प्रतिबिम्बित गर्छ कि ‘जुन लोग्नेले आफ्नी स्वास्नीलाई कहिल्यै पिट्दैन उसले माया त गर्छे तर आदर गर्दिन ।’ यो सोचाइ हाम्रो देशमा विद्यमान छ । अतः यस्तो स्थितिमा हामी ८ मार्च मनाइरहेका  छौँ ।
८ मार्च संसारभरिका महिलाहरूले हर्सोल्लाससाथ आफ्नो स्वतन्त्रताको दिन भनेर मनाउँछन् । जर्मनका सङ्घर्षशील र सहासिक नारी क्लारा जेड्किनले श्रमिक महिलाहरूलाई उचित अधिकार दिलाएको दिनसँग यो दिवस सम्बन्धित छ । त्यसपछि सन् १९७७ मार्च ८ तारिकमा संयुक्त राष्ट्र सङ्घमा बसेको साधारण सभाले मार्च ८ लाई नारी दिवस मनाउने घोषणा ग¥यो । त्यसपछि विश्व व्यापीरूपमा यो दिवस मनाउन थालिएको हो । नेपालमा भने यो दिवस वि.सं. २०१६ सालदेखि मनाउन थाले पनि संस्थागत रूपमा भने २०३६÷२०३७ सालदेखि मनाउन थालिएको पाइन्छ । नेपालमा महिलाहरूको वर्तमान अवस्था तालिकामा देखाइएको छ ।
यस्तो परिप्रेक्ष्यमा यो दिवस नेपाली महिलाहरूका लागि कति उपयुक्त र औचित्यपूर्ण छ भन्ने विषयमा सरोकारवालाहरूको विचार यसप्रकार छ ः
नेपाल सरकार महिला तथा बालबालिका कार्यालयका कार्यालय प्रमुख तारा थापा भन्नुहुन्छ –“दिवसले महिलाहरूलाई स्वतन्त्रपूर्वक आफ्नो कार्य गर्न प्रेरणा मिल्ने छ ।”
महिला अधिकार रक्षक सञ्जाल, झापाका अध्यक्ष तथा अधिवक्ता कविता शर्मा भन्नुहुन्छ, “प्रश्न जटिल र चुनौतिपूर्ण छ । नेपालमा यति धेरै महिला हिंसाका घटना बढ्दै गइरहेका छन् । वास्तवमा यस्तो अवस्थामा महिलाले के लाई आधार मानेर महिला दिवस मनाउने भन्ने चुनौती छ । आफैँ बलात्कृत, घर निकाला, बोक्सी आरोप, घरेलु हिंसा, सम्पत्तिमाथि विभेद, लैङ्गिक विभेद, जस्ता अनेक प्रकारका विकृतिबाट महिला पीडित भइरहँदा पनि हामीले महिला दिवस मनाइरहका छौँ ।  आगामी वर्षहरूमा यी यावत् समस्याबाट मुक्त भएमा मात्र यो दिवसको सार्थकता रहन्छ ।”
अन्तर पार्टी महिला सञ्जालकी निवर्तमान अध्यक्ष सङ्गीता रौनियार भन्नुहुन्छ, “नेपालमा अन्तर्राष्ट्रिय महिला दिवसले नेपाली महिलालाई पनि हक अधिकार पाउनको निमित्त कसरी सङ्गठित भएर एकजुट भएर अगाडि बढ्नु पर्छ भन्ने विषयमा हौसला पाएको छ । ८ मार्चले नेपाली महिलालाई आफ्नो हक अधिकारको निमित्त आफ्नो लाडाइँ आफँै लडेर अगाडि बढ्नुपर्छ सन्देश दिएको छ र राज्यले प्रदान गरेको अधिकार लिनको निमित्त जागरुक गराउन सहयोग पुगेको छ ।
“वास्तवमा जे जति पनि राम्रा नराम्रा काम कुराहरू प्रायः विदेशकै नक्कलको रूपमा नेपाल भित्रिएको छ, तर यो आन्तर्राष्ट्रिय नारी दिवस श्रमिक महिलाको हक र हितको लागि सुरुवात भएकोले विभिन्न सङ्घसंस्था, राजनीतिक पार्टीहरूले उनीहरूलाई प्रत्यक्षरूपमा फाइदा हुने कार्यव्रmमहरू गरे अझ सुनमा सुगन्ध हुने मैले बुझेको छु ।” शारदा रिजाल, अध्यक्ष महिला सुरक्षा दबाब समूह झापा
यसै गरी वीरता लेडी जेसिजकी अध्यक्ष पार्वता विमली भन्नुहुन्छ, “नारीहरूको सम्मान हो साथै नारीहरूको एउटा पर्व पनि हो । नारीहरूको बारेमा भएका विभिन्न घरायसी हिंसा, हत्या, दाइजो, बलत्कार जस्ता कुराहरूलाई समाजमा ल्याउन नारी दिवसको अवसरमा विभिन्न सङ्घसंस्थाले कार्यव्रmम गरेर केही सेवा पु¥याउन सहयोग हुन्छ जस्तो मलाई लाग्छ ।”
“महिला हिंसाका सवालमा सबै महिला एक भएर आवाज नउठाउने गरेको पीडितले उचित न्याय नपाउने गरेको हुँदा महिला अधिकारका कुरा नारामा मात्र सीमित छन् । नारी दिवस मनाउँदैमा सबै समस्या हल नहुने भएकोले महिला अधिकार कर्मीहरू एकजुट भएर अघि बढ्न आवश्यक रहेको छ ।” रेखा अधिकारी, अध्यक्ष मानव अधिकारका लागि एकल महिला ।
नेपालले सन् १९४८ को मानव अधिकारको विश्वव्यापी घोषणा पत्रमा महिलालाई पुरुषसरह अधिकार दिइने प्रतिबद्धता जनाएको छ । सन् १९९५ मा चौथो विश्व महिला सम्मेलन चीनको राजधानी बेइजिङमा भयो । जुन सम्मेलनबाट महिलाको गरिबी, शिक्षा, स्वास्थ्य, सञ्चार, मानव अधिकार, महिला विरुद्धको हिंसा, सशस्त्र सङ्घर्ष, अर्थतन्त्र संस्थागत संरचना, नीतिगत निर्णायक तहमा महिला, वातावरण, बालिकाको जीवनलगायत गरी महिलासँग सरोकार राख्ने १२ विषय पारित ग¥यो । संयुक्त राष्टूसङ्घले सन् १९७९ डिसेम्बर १८ मा महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्य गर्ने महासन्धि सिडको पारित ग¥यो । जुन महासन्धिलाई नेपालले सन् १९९१ अप्रिल २३ मा अनुमोदन ग¥यो । यो महासन्धि विश्वमै महिलालाई अधिकार सम्पन्न बनाउने अहिलेसम्मकै महत्वपूर्ण सन्धि हो ।   सन् १९९४ को कायरोको जनसङ्ख्या तथा विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनले विकास गर्न महिलालाई आर्थिक, सामाजिक तथा राजनीतिकरूपले सशक्तीकरण गर्नुपर्ने कुरा पारित गरेको थियो ।
यसैगरी महिला विरुद्ध हुने सबै भेदभाव उन्मूलन गर्ने महासन्धि(१९७९ लाई कार्यान्वयन गर्न नेपालले गरेका प्रयास । श्रम ऐन(२०४८, निजामती सेवा ऐन(२०४९, नेपाल नागरिकता ऐन(२०६३, मुलुकी ऐन(२०२० को ११ औँ तथा १२ औँ संशोधन, लैङ्गिक समानता कायम गर्न केही नेपाल ऐन संशोधन गर्न बनेको ऐन(२०६३, राष्ट्रिय महिला आयोग ऐन(२०६३, नियमावली(२०६५, घरेलु हिंसा कसुर र सजाय ऐन २०६६, नियमावली(२०६७, लैङ्गिक हिंसा निवारण कोष २०६७  लगायत महिला सम्बन्धी थुप्रै कानुन तथा नियमावली नभएका होइनन् ।
तर पनि नेपालमा अहिलेसम्म महिलाको क्षेत्रमा आशातित सफलता हासिल हुन सकेको छैन । यसका मुख्य कारणहरू ः राजनीतिक विचार धारा, गरिबी र अशिक्षा, लक्षित वर्गसम्म सेवा सुविधाको पहुँच नहुनु, हुँदा खानेका भन्दा हुनेखानेका एजेन्डाले मात्र प्राथमिकता पाउनु हो । यसै गरी महिला आन्दोलन एकीकृत हुन नसक्दा आन्दोलनले सही बाटो लिन सकेको छैन । महिलाका मुद्दा दलअनुसार विभाजित भएका छन् । जसले गर्दा महिलाको आन्दोलन जुन गतिमा हुनुपर्ने हो सो गति लिन सकेको छैन ।
श्रमिक महिलालाई लक्षित गरेर सुरु गरिएको यो दिवस अहिले सहर बजारका धनी टाठाबाठा सुकिला उच्च धनाढ्याहरूको लागि मात्र बनेको छ । तसर्थ नेपालमा अन्तर्राष्ट्रिय नारी दिवस मनाउने हो भने वास्तविक श्रमिक महिलाहरूलाई सिप र क्षमताले सम्पन्न बनाउनु पर्दछ । आर्थिक रूपले सबल बनाउनु पर्दछ र यस्ता कार्यव्रmमहरू उनीहरूबाटै मनाउने परम्पराको थालनी गरिनुपर्छ । अन्यथा यस्ता दिवसको खासै सार्थकता रहँदैन ।
(दाहाल महिला सञ्चार गृहकी अध्यक्ष हुन् ।)
 

प्रतिक्रिया दिनुहोस्