Logo
  चैत्र १५, २०८० बिहीबार

बलात्कार, सेक्स र मिडिया



तारामणि सापकोटा
बाराकी बालिका पुजा साहाको बलात्कारबाट मृत्यु भएको छ । बलात्कारबाट अचेत भएकी पुजाको उपचारको क्रममा मृत्यु भएको हो । बाराका नागरिकले बेटी बचाउ अभियान चलाए । दोसीलाई फाँसीको सजाय माग गर्दै आन्दोलन गरे । देशभर आनदोलन भयो । नागरिक आक्रोशित बने । बारा जिल्ला अदालतले बलात्कारी कनैया गुप्तालाई जवरजस्ती करणी र ज्यान मुद्धामा ३५ बर्ष कैद र दुई लाख जरिवाना गर्ने फैसला गरेको छ । अदालतले मुद्धा दर्ता भएको केही दिन भित्रमै फैसला गरेकाले बाराका नागरिकले न्यायको सास फेर्न पाएका छन् ।
बाराकी पुजा मात्र होइन झापा बिर्तामोडको बसपार्कको मौसम होटलकी कामदार १३ बर्षिया बालिकालाई छिमेकीले बलात्कार गरे । दकमकी एक बालिकालाई बलात्कार गर्ने व्यक्तिले ५० हजार दिए मिल्न परिवारलाई दवाव दिए । खोटाङ लगायतका स्थानमा हाडनाता करणीका घटना दिनहुँ हुँदै आएका छन् । ८० नाघेका वृद्धले दुई÷तीन बर्षिया बालिकालाई पनि बलात्कार गरेका छन् । हजुबुबाले नातिनी, बाबुले छोरीलाई, काकाले भतिजीलाई बलात्कार गरेका छन् । संरक्षण गर्नु पर्नेबाट नै बालिका बलात्कृत भएका छन् ।
 पछिल्ला दिनमा देशभर बालिका बलात्कारका घटनाले संचार माध्यममा स्थान पाएका छन् । संचार माध्यममा लगातार आएका बलात्कारका घटना कहाली लाग्दा छन् । लगातार भएका बालिका बलात्कारका घटनाले नेपालमा मृत्यु दण्डको प्रावधान राख्ने बिषयमा बहस हुन थालेको छ । नेपालमा मृत्युदण्ढ २०४७ सालको संविधानबाटै खारेज भइसकेको छ । नागरिक तहबाट बलात्कारीलाई मृत्युदण्ढ दिनु पर्छ भनेर आवाज उठिरहे पनि मानवअधिकारकर्मीले यस बिषयमा आफ्नो औपचारिक धारणा सार्वजनिक गरेका छैनन् ।
बालात्कार जघन्य अपराध हो । कडा कनुन बनाएर बलात्कारका घटनामा के कमी आउँछ ? वा बलात्कारको घटनामा कमी ल्याउन उन्य उपाय अपनाउन सकिन्छ । यो बहसको बिषय बनेको छ । कडा दण्ड सजायले मात्र अपराध नियन्त्रण हुने होइन । यदी कडा कानुन बनाउँदा घटने भए भारतमा बलात्कारका घटना निमिट्यान्न हुनु पर्ने हो । भारतमा समुहिक तथा बलात्कारका जघन्य अपराधमा संलग्नलाई मृत्यु दण्ड दिने प्रावधान छ । भारतमा बलात्कारका घटना नियन्त्रण गर्न मृत्युदण्डको प्रावधान बनाएपनि कम हुन सकेको छैन । भारतमा बलात्कारका बढदो घटनाले नागरिक  समाजदेखि सरकार समेत चिन्तित बनेको छ ।
बलात्कारका घटना पछि आउन प्रतिक्रियाका आधारमा सरकारले कानुन निर्माण गर्ने गरेको छ । वास्तवमा बलात्कार किन हुन्छ ? कडा कानुन बनाउँदा पनि किन कमी आउँदैन ?  बलात्कारका घटनाको समाजशास्त्रीय अध्ययन हुन सकेको छैन । नागरिकका आवेग र भावनामा आउने प्रतिक्रियाले बलात्कारका घटनामा कमी आउँदैन । यसको मूल जरोमा समस्याको पहिचान गर्न सक्नु पर्दछ ।
नेपालमा बाल बिवाहको प्रावधान अन्त्य भइसकेको छ । तराई र पश्चिम पहाडको ग्रामिण भेगमा बाहेक लगभग बाल बिवाह गर्ने प्रावधान अन्त्य भइ सकेको छ । आजका युवा प्राय नकमाई बिबाह नगर्ने सोंचमा छन् । शहर बजारमा मात्र होइन, ग्रामिण भेगमा पनि पढ्ने र पैसा कमाउने अनिमात्र बिबाह गर्ने गर्दछन् । त्यसमा पनि वैदेशिक रोजगारमा गएर पैसा माएर मात्र बिबाह गर्ने जस्ता कारणले समाजमा ढिलो बिवाह गर्नु पर्छ भन्ने मान्यता स्थापित हुँदै गएको छ ।
अर्को तर्फ समाजको जुनसुै क्षेत्रमा पनि सेक्सको बिस्कुन लगाइएको छ । सडकमा युवती वा महिलाले लगाउने भेषभूसा सेक्सलाई आमन्त्रण गर्ने प्रकृतिका छन् । सिनेमा, टिभीका सिरियल, बिज्ञापन, समाचार, पोस्टर, सभा समारोह जहाकहीं सेक्स छरपष्ट भएको हेर्न पाईन्छ । यसले सेक्सलाई आमन्त्रण गरिरहेको हुन्छ । पुरुषलाई सेक्सप्रति पागलपन देखाउन अर्को बाटो भनेको मादक पदार्थ हो । जहाँसुकै सक्सी पाईने भएपनि धेरैले रक्सीको सुरमा पनि बलात्कार गर्ने गर्दछन् । बृद्धले बलात्कार गर्नुको प्रमुख कारण सेक्सको बिस्कुनले उत्तेजित बनाउनु । जसको जीवन सेक्समा सन्तुस्ट हुन नसकेको होस । अर्थात त्यस्ता वृद्ध वा बहेस्कको जीवन सेक्सप्रति असन्तुष्ट हुन्छन् र तिनै व्यक्ति बलात्कार गर्नमा उद्धत हुन्छन् ।
पहिला पहिला बाल बिवाह हुन्थ्यो । समाज सरल थियो । सेक्स आमन्त्रण गर्ने प्रकृतिका पहिरन लगाईदैन थियो । मानिसले सेक्समा नयाँ महिलाको आवश्यक्त परे दोस्री, तेस्री, चौथी जतिपनि श्रीमती ल्यान पाउँने छुट थियो । तर, विद्यमान कानुनले बाल बिवाहमा पूर्ण प्रतिवन्ध लगाएको छ । कानुनले अनुमति दिएको अवस्थामा बाहेक बहुबिबाह गर्न पाईदैन । यसको अर्थ बाल बिबाह र बहुबिबाह गर्न पाउनु पर्छ । युवती र महिलाले आधुनिक पहिरन लगाउनु हुँदैन भन्ने होइन । यताफर्कनु भनेको समाजलाई पछाडी फर्काउनु हो ।
सामान्यताया युवा होस वा युवती १४ बर्षको उमेरमा सेक्सका लागि तयार हुन्छ । तर आजको हाम्रो समाजमा सरदर (अनुमानित) युवा ३० बर्ष र युवती २५ बर्ष पुरा भएपछि मात्र बिवाह गर्ने चलन स्थापित हुँदै गएको छ । यसले के देखिन्छ भने युवाले १५÷१६ बर्ष सेक्सलाई दमन गर्नु पर्दछ । त्यसैगरी युवतीले लगभग ११ बर्ष सेक्सलाई दमन गर्नु पर्ने हुन्छ । सेक्सलाई दमन गर्न सक्ने त बलात्कारको घटनाबाट जोगिएलान तर जसले सक्तैनन अथवा जसको सेक्स भरिएर दिमाग बिकृत भएको हुन्छ । तिनले बतात्कार गर्न उद्धत हुन्छन् ।
सेक्स मानिसको शरिरमा उत्पन्न हुने उर्जा हो । यो प्राकृतिक कुरा हो । यसलाई नियन्त्रण गर्नु भन्दा यसलाई सहज रुपले स्वीकार्नु राम्रो हुन्छ । सेक्सका कारण समाजमा समस्या उत्पन्न नहोस भनेर नै परापूर्व कालदेखि सेक्सलाई व्यवस्थित गरिएको पाइन्छ । हजारौं बर्ष अघि सेक्सलाई व्यवसायको रुपमा स्वीकार्नु त्यो बेलाको बैज्ञानिक बिचार हो । तर, आजको युगमा पनि सेक्सलाई दमन गर्न राज्यले बाध्य बनाउँछ । बाल बिबाह र बहुबिबाहको अन्त्य भएपछि सेक्सलाई व्यवस्थित गर्न राज्यले योजना बनाउनु पर्ने हो । तर सरकारमा बस्नेले सेक्स व्यवस्थापनको कुरा गर्दा लाजमर्दो हुने वा त्यसको बिरोधका कारण आफ्नो राजनीति धरापमा पर्ने होकी भन्ने डरले राजनीतिक नेतृत्व सेक्स व्यवस्थापनको कुरा उठाउन चाँहदैन ।
नेपाल पुँजिवादी समाजमा प्रवेश गरिसकेको छ । त्यति मात्र होइन राज्यको राजनीतिक मोडल र चरित्र उदारवादी प्रकृतिको छ । नेपाली समाज र संस्कृतिको  चरित्र पनि पुँजिवादी हुने नै भो । पुँजिवादी समाजले सेक्सलाई खुल्ला हुनु पर्ने मान्यता राख्दछ । छिमेकी देश भारतमा पनि यौन व्यवसायको रुपमा अनुमति प्रदान गरिएको छ । संसारको सबैभन्दा पुरानो व्यवसाय भनेको यौन व्यवसाय हो । नेपालमा पनि यौनलाई पेशाको रुपमा दिन सक्नु पर्दछ । यसका लागि निस्चित क्षेत्र छुट्यानु पर्दछ । हुन त सेक्स जोनले बलात्कारका घटनामा कमी आउला तर अन्त्य भने हुन सक्तैन ।
सेक्सलाई उदार र खुल्ला रुपमा बुझ्न सक्नु पर्दछ । भर्खरै एक बैंकका सिओ होटलमा युवतीसँग फेला परेपछि पदबाट राजिनामा दिनु पर्यो । मिडियामा यसलाई राष्ट्रिय स्तरको समाचार बनाइयो । सहमतिमा हुने सेक्स र बलात्कारको घट्नालाई एउटै तहको समाचारको रुपमा ठाउँदिने कुरामा मिडियाले आफुलाई सच्याउनु पर्दछ । इच्छा बिपरितको सेक्स सम्बन्ध अपराध हो तर सहमतिमा हुने सेक्स अपराध हुन सक्दैन । यसलाई निजी मामला ठान्नु पर्दछ । सेक्स व्यक्तिको व्यक्तिगत स्वतन्त्रता पनि हो । यसमा मिडिया प्रवेश गर्नु हुँदैन । यस्ता घट्नालाई मिडियाले सामान्य रुपमा लिनु पर्दछ । सहमतीय सेक्सलाई मिडियाले प्रोपोगण्डाको रुपमा प्रयोग गर्नु हुँदैन । समाजमा सेक्स सहज पहुँज हुने हो वा सेक्सलाई समान्य ठान्न सक्ने बिषय बनाइनु पर्दछ ।
 दुई जनाको सेक्सका सम्बन्धले नागरिक वा समाजमा असर पर्ने भो भने त्यस्तो कार्यलाई नियन्त्रण गर्नु सान्दर्भिक हुन्छ । होटल वा घरमा दुई जना बीचको सम्बन्धमा प्रहरीले हस्तेक्षेप गर्ने कुरा सेक्स नियन्त्रण हो । यौन व्यवसाय संचालनको अनुमति पनि नदिने, दुई जना बीचको सेक्स सम्बन्धलाई पनि नियन्त्रण राज्यले गर्नु हुँदैन । अतः बलात्कारमा कमी ल्याउने हो भने सेक्स दृष्टिकोमा परिवर्तन ल्याई यसलाई व्यवसायको रुपमा स्वीकार गर्न राज्य तयार हुनु पर्दछ ।  
 
 

प्रतिक्रिया दिनुहोस्