Logo

क्रान्ति र शान्तिका नायक कोइराला



पुष्पराज पौडेल ।
पिता कृष्णप्रसाद र माता दिव्यादेवी कोइरालाको कोखबाट वि.सं. १९८१ साल असार १८ गतेका दिन गिरिजाप्रसाद कोइरालाको जन्म भएको हो । जन्मेदेखि मृत्युपर्यन्त लगभग ८५ वर्षको जीवनमा ६० वर्षसम्म वहाँको राजनीतिक व्रिmयाशीलतामा नै जीवन व्यतित भएको छ । वहाँको लामो राजनीतिक व्रिmयाशीलतालाई अध्ययन गर्ने हो भने समग्र जीवनलाई दुई पाटोमा विभाजन गरेर हेर्नु पर्दछ ।
पहिलो हो,क्रान्तिकारी गिरिजा तथा दोस्रो शान्ति नायक गिरिजा ।
 

क्रान्तिकारी गिरिजा
वि.सं. २००३ सालमा विराटनगर जुट मिलको मजदुर आन्दोलनमा कामदारहरूको नेतृत्व गर्दै भएको पहिलो आन्दोलन र वहाँको ३ बर्से जेल यात्राबाट नै राजनीतिको गाडी अगाडि बढेको छ । मिलमा काम गर्ने मजदुरहरूको ज्याला वृद्धिको माग गर्दै गरिएको सो आन्दोलनमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वदायी भूमिका रहेको थियो । वहाँको राजनीतिक अग्रसरता २००८ सालमा भुटान स्वतन्त्र आन्दोलनमा पनि सव्रिmय भयो । सोही वर्ष वहाँ सुष्मासँग विवाह बन्धनमा बाँधिनु भयो । नेका मोरङको जिल्ला सभापतिसमेत हुनु भएको थियो । मजदुरहरूको हकहित तथा भुटान स्वतन्त्र आन्दोलनको भूमिकाबाट नै स्पष्ट हुन्छ कि गिरिजाप्रसाद कोइराला एक जुझारु नेतृत्व क्षमता भएका क्रान्तिकारी युवा थिए ।
२०३० जेठ २९ गते बिहान ८ बजे विराटनगर राष्टू बैङ्कबाट ३० लाख भारु बोकेर राजधानी उड्दै गरेको विमान अपहरणका प्रमुख योजनाकार पनि गिरिजाप्रसाद कोइराला नै थिए । २०२४ सालमा सशस्त्र क्रान्तिको आह्वान गरी आन्दोलनमा उत्रिएको नेका पार्टीलाई हतियार खरिद गर्न प्रशस्त आर्थिक स्रोतको आवश्यकता थियो । सोको व्यवस्था गर्न बीपीले खासै चासो नदेखाउँदा गिरिजाप्रसाद कोइरालाले प्लेन अपहरण गरेर पैसाको स्रोत जुटाउनुपर्ने योजना बनाए ।

टिममा हालका पार्टी सभापति सुशील कोइराला, विनोद अर्याल, चव्रmप्रसाद बाँस्तोला, दुर्गा सुवेदी, वसन्त भट्टराई, नगेन्द्र ढुङ्गेल लगायतको सशक्त समूह खडा गरियो । नभन्दै विराटनगर एयरपोर्टबाट काठमाडौँ उडान भरेको हवाई जहाजलाई योजना मुताबिक भारतको फारबिसगन्जमा ओराली सो विमानमा भएको रुपैयाँ दार्जिलिङ पु¥याइयो । यस्तो साहसिक कार्य गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सम्पन्न भएको थियो । त्यस समयका पार्टीका हस्तीहरूमा गणेशमान र किसुनजीका अलावा गिरिजाप्रसाद पनि थिए भन्ने छर्लङ्ग हुन्छ ।
गिरीजाप्रसाद कोइराला पार्टी सङ्गठनमा मात्र सीमित रहनु भएन । २०१७ सालमा गरिएको शाही ‘कु’ पछि जेल पर्नुभयो र २०२४ सालमा आएर जेलमुक्त हुनुभयो । आफू जेलमुक्त हुनेबित्तिकै वहाँले देशको राजनीतिक स्थिति राजाको हातमा गयो । अब देशमा प्रजातन्त्र रहँदैन, यसका लागि बीपीलाई पनि जेलबाट छुटाउनु पर्छ भन्ने दूरदर्शिता प्रदर्शन गरी राजा महेन्द्रसँग वार्ता सुरु गर्नुभयो ।

फलस्वरूप बीपीले राजतन्त्र तथा प्रजातन्त्रका बारेमा राजनीतिक गतिविधि नगर्ने, वक्तव्य बाजी तथा भाषण नगर्ने, देशमा कुनै परिवर्तनको आवश्यकता महसुस भएमा बीपी तथा राजा दुवै मिलेर अर्को कदम चाल्नेमा सहमति गरी बीपीलाई रिहा गराउनुभयो । जसको एक मात्र लक्ष्य बीपीलाई जेलमुक्त गर्नुथियो । गिरिजाप्रसाद कोइरालालाई थाहा थियो कि बीपीको राजनीतिक गतिविधि सव्रिmय भएमा पुनः जेल जानुपर्दछ । केही समय पछि नै बीपीले राजनीतिक गतिविधि सुरु गर्नुभयो ।

राजासँग मिल्नु वा जेल पर्नुभन्दा भारत प्रवासमा बसेर भारतीय नेताहरूलाई नेपालको सन्दर्भमा प्रजातन्त्रको आवश्यकता महसुस गराउन सक्यो भने त्यो बढी फलदायी हुने छ भनेर बीपीसँगै गिरिजाप्रसाद पनि भारत प्रवासमा जानुभयो । त्यहाँ वहाँले इन्दिरा गान्धीलगायत धेरै नेताहरूसँग वार्ता गर्नु भएको छ । जुन जिम्मेवारी बीपीले वहाँलाई दिनुभएको थियो ।
आफ्नो क्रान्तिकारी छविलाई अझ सव्रिmय, परिमार्जित तथा परिपक्व बनाउँदै गिरिजप्रसाद कोइराला २०३३ सालमा पार्टीको महामन्त्री बन्नुभयो । नेकाका प्रत्येक कार्यकताहरू वहाँको सव्रिmय र व्रmान्तिकारी भावनाबाट बढी प्रेरित थिए । कार्यकर्ताहरूको अभिभावकत्व निर्वाह गर्न वहाँ सदैव सचेत रहनुहुन्थ्यो ।
२०३३ सालमा बीपीले अवलम्बन गरेको मेलमिलपको नीतिलाई लिएर देश दौडाहामा लाग्नु भएका गिरिजाप्रसाद कोइराला २०४२ सालमा आएर पञ्चायती व्यवस्थाबाट देशमा प्रजातन्त्र सुदृढ हुँदैन भनी पञ्चायतको विकल्पमा हस्ताक्षर अभियान लिई आफ्नो व्रmन्तिकारी छवि प्रदर्शन गर्दै देश दौडाहमा हिँड्नुभयो ।


२०३६ सालको जनमत सङ्ग्रहमा नेपालका कम्युनिस्टहरूसँग मिलेर एउटै मोर्चा बनाइ अगाडि बढ्ने भन्ने विकल्प रोज्न बीपी तयार हुनुभएन । भनिन्छ, त्यस बेला गिरिजाप्रसाद मिल्नका लागि इच्छुक हुनुहुन्थ्यो । पछि २०४६ सालको बहुदलीय व्यवस्थाका लागि गरिएको जन आन्दोलनमा भने कम्युनिस्टसँग मिलेर संयुक्त आन्दोलन भएको थियो । त्यसमा गिरिजाप्रसाद कोइरालाको अनुभव र क्रान्तिकारी छविका कारण नै कम्युनिस्टहरू एउटै मोर्चा बनाउन सहमत भएका थिए । सोही जनआन्दोनको जगमा बनेको नेपालको संविधान २०४६ अनुसार २०४८ सालमा गिरिजाप्रसाद कोइराला पहिलोपल्ट देशको प्रधान मन्त्री बन्नुभयो ।


सरकारमा पुगिसकेको नेका पार्टीका प्रायः नेताहरूको ध्यान सरकारतिर केन्द्रित भई पार्टी सङ्गठनतिर कम समय दिन थालेपछि पार्टीभित्र आन्तरिक द्वन्द्व र गुटबन्दी बढ्न थाल्यो । जसको कारण २०५१ सालमा आएर गिरिजाप्रसाद कोइरालाले बहुमतको सरकार ढाली मध्यावधि निर्वाचन गराउनु भयो जुन गलत निर्णय थियो ।
२०३३ सालमा पहिलो पटक महामन्त्री बन्नुभएको वहाँ २०५३ सालमा पार्टी सभापति हुनुभयो भने २०५४ मा पुन दोस्रो पल्ट प्रधान मन्त्री । २०५६ को आम निर्वाचनबाट तेस्रो पटक प्रधान मन्त्री बन्नुभयो ।
२०५२ सालबाट सुरु भएको माओवादी सशस्त्र द्वन्द्वलाई सुरुका वर्षहरूमा प्रशासनिक प्रव्रिmयाबाट नियन्त्रण गर्न सकिन्छ भन्ने अभिप्रायले २०५८ सालमा सेना परिचालन गरेर द्वन्द्व नियन्त्रणको प्रयास थालिएको थियो । तर दरबारले माओवादी विरुद्धको कार्बाहीमा सेना परिचालनमा रोक लगायो । जसलाई होलेरी काण्ड भनेर चिनिन्छ । त्यसपश्चात् अब मुलुकमा राजतन्त्र र लोकतन्त्र एकसाथ अगाडि बढ्न सक्दैन भन्ने बुझेर वहाँले प्रधान मन्त्री पदबाट राजीनामा दिनुभयो ।

आतङ्कारीको सूचीमा राखिएको माओवादीलाई मूलधारमा नल्याई यो समस्या समाधान हुन सक्दैन भन्ने क्रान्तिकारी तथा दूरदर्शी निर्णयले नै देश आजको अवस्थासम्म आइपुगेको हो । राजा ज्ञानेन्द्रले लिएको राज्यसत्तालाई संसद पुर्नस्थापनाको मागका रूपमा अगाडि सारेर देशमा भएका तमाम लोकन्त्रवादी तथा कम्युनिस्टहरूलाई साथमा लिई शान्तिपूर्ण दोस्रो जन आन्दोलन गर्नुको विकल्प छैन भन्ने निर्णय नै गिरिजाप्रसाद कोइरालाको अर्को सम्मानजनक व्रmान्तिकारी आन्दोलनको लक्ष्य थियो ।
 

शान्ति नायक गिरिजा
गिरिजाप्रसाद कोइरालाको क्रान्तिकारी छवि जति लामो, बलियो दृढ तथा विश्वासिलो थियो त्यति नै सबल तथा दूरदृष्टिपूर्ण शान्ति प्रव्रिmयाप्रतिको दृढता पनि थियो । किनकि वहाँसँग ६० वर्ष लामो राजनीतिक अनुभव थियो । ०६२÷०६३ को जन आन्दोलनका व्रmममा वहाँले खेलेको शान्ति र परिवर्तन पक्षको नेतृत्वदायी भूमिकाले नै पछि गएर वहाँलाई शान्तिका नायक गिरिजा बनायो । २०५५ सालसम्म काङ्ग्रेस एमालेबिचको सम्बन्ध सहज प्रकारको थिएन ।

जब २०५५ भदौमा एमालेबाट विभाजित भएर माले पार्टी बन्यो सोही मालेसँगको साथमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सरकार बन्यो । जुन कम्युनिस्टसँगको पहिलो सहकार्य थियो । पुनः ४ महिनापछि एमालेसँग मिलेर चुनावी सरकार बनेको थियो । त्यही समयबाट वहाँमा कम्युनिस्टहरूलाई पनि लोकतान्त्रिक बाटोमा ल्याउन सकिन्छ भन्ने आत्म विश्वास पलायो । सोही आत्म विश्वासको जगमा टेकेर सशस्त्र युद्धमा होमिएको माओवादीसँग शान्ति वार्ताका लागि पहल सुरु गर्नुभएको थियो ।

वहाँको २०५९ जेठमा माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भारतको राजधानी दिल्लीमा भएको पहिलो भेट नै शान्ति प्रव्रिmयाको उद्गम बिन्दु बन्यो । त्यसपछि निरन्तर नेका, एमालेका विभिन्न नेताहरूबाट विभिन्न ठाउँमा धेरै वार्ता तथा छलफलहरू भएका छन् । जसलाई वहाँले नेतृत्व प्रदान गर्नुभएको थियो । बारम्बार भएका यस प्रकारका वार्ताहरूको परिणामस्वरूप २०६२ मङ्सिर ७ गते ‘सातदल(माओवादी समझदारी पत्र’ भनी एक सार्वजनिक विज्ञप्ति निकालियो । जसलाई १२ बंँदे समझदारी भनिन्छ । यही १२ बुँदे समझदारीको जगमा टेकेर शान्तिपूर्ण जन आन्दोलनको सुरुवात भएको हो । जसबाट संसद पुनस्र्थापना हुँदै नेपालमा पहिलोपल्ट संविधान सभाको चुनावबाट लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापना सम्भव भयो ।

आफ्नो ६० वर्षभन्दा बढी समयको राजनीतिक यात्रामा क्रान्तिकारी गिरिजाको उचाइ हँुदाहुँदै २०६४ सालको पहिलो संविधान सभाको निर्वाचन, त्यसपछि बनेको माओवादी सरकारलाई सत्ता हस्तान्तरण गर्ने समयसम्म आइपुग्दा वहाँको नै नेतृत्वदायी भूमिका रह्यो । वहाँले खेल्नुभएको शान्ति प्रव्रिmयाको भूमिकाबाट गिरिजाप्रसाद कोइराला व्रmान्तिकारी मात्र हैनन् शान्तिका नायक पनि हुन् भन्ने प्रमाणित हुन्छ । यिनै शान्तिका दूत तथा योद्धा २०६६ साल चैत्र ७ गतेका दिन आफ्नो सम्पूर्ण योगदानलाई भावी पिँढीले संरक्षण तथा संवर्धन गर्नुपर्छ भन्ने जिम्मेवारी हस्तान्तरण गर्दै हामीबाट सदैवका लागि बिदा हुनुभयो ।


गिरिजाप्रसाद कोइरालाको अगुवाईमा देशले लोकतान्त्रिक गणतन्त्र प्राप्त ग¥यो तर त्यसपछि वहाँका उत्तराधिकारीहरूले यसको संरक्षण तथा संवर्धन गर्न सकिरहेका छैनन् । वहाँले छाडेर गएका जिम्मेवारी पुरा गर्नुपर्ने दायित्व वहापछिका नेताहरू माथि आएको छ । वहाँले खेलेको अभिभावकीय भूमिकाको अभाव खट्किएको छ । एकातर्फ नेका पार्टीभित्र बढ्दै गएको आन्तरिक लोकतान्त्रिक अभ्यासको अभाव, नेता तथा कार्यकर्तामा जिम्मेवारीबोध तथा दायित्व घट्दै जानु, पार्टी सङ्गठन विस्तारमा कमी आउनु, गुटगत नेतृत्वको चयन आदिले गर्दा पार्टीको सुदृढीकरणमा त्यसले असर पु¥याइरहेको छ भने अर्कोतर्फ देशकै मियोको रूपमा स्थापित वहाँको स्थान कसले लिने भन्ने राष्टिूय राजनीतिमा होडबाजी चलेको देखिन्छ ।

सबै दललाई सहमति, सहकार्यका माध्यमबाट अभिभावकीय भूमिका खेलेका गिरिजाप्रसाद कोइरालाको बाटो पहिल्याउन आगामी दिनमा सोही सहमति तथा सहकार्यको राजनीतिमात्र सम्भव हुन्छ । यसका लागि सबै दलहरूले सामूहिक जिम्मेवारीबोध तथा सहमतीय बाटो अपनाउन सके मात्र व्रmान्ति तथा शान्ति नायक गिरिजाप्रसाद कोइरालाप्रति सच्चा श्रद्धाञ्जली हुने छ ।

(नेपाल प्रेस युनियन झापाले स्वर्गीय गिरिजाप्रसाद कोइरालाको पाँचौ स्मृति दिवसमा शनिवार विर्तामोडमा प्रस्तुत कार्यपत्र)
 

प्रतिक्रिया दिनुहोस्