Logo
  मंसिर १९, २०७८ आईतबार

कस्तो होला त अन्तरिक्षमा बन्ने विश्वकै महँगो व्हिस्की ?



एजेन्सी । अन्तरिक्षमा हुने क्रियाकलापका ठुला र चम्किला तस्बिर सार्बजनिक गर्ने हब्बल टेलिस्कोपदेखि पुछ्रे तारा र मंगल ग्रहको यात्रामा धेरै सुनिने अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र अहिले भने भिन्न बिषयले चर्चामा छ | ठुला अध्ययन अनुसन्धान भइरहने अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्रमा सामान्यतया सुन्दा अनौठो लाग्ने व्हिस्की स्टोर गर्ने बिषयले सबैलाई आश्चर्यमा पारेको छ | संटोरी नामक जापानिज ब्रिविंङ एण्ड डिस्टिलिंङ कम्पनीले अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्रमा आफ्ना विश्वविख्यात व्हिस्की स्टोर गर्दै छ | उसले सुक्ष्म गुरुत्वाकर्षणले रक्सिको एजिंगमा पर्ने असरको अध्ययन गर्न यसो गर्न लागेको हो |

एजिंङ भनेको डिस्टिल (आसवन) पश्चात प्राप्त स्पिरिट  बोतलमा प्याक गर्नु अगाडि भण्डारण गरिने समय हो | संटोरी जापानकै सबैभन्दा पुरानो व्हिस्की डिस्टिलरी हो | यसले उत्पादन गर्ने "यामाजाकी सिंगल माल्ट शेर्री कास्क"ले सन् २०१३ मा विश्वकै सबैभन्दा उत्कृस्ट व्हिस्की अवार्ड जितेको थियो | यहि आउदो अगस्ट १६ मा यी व्हिस्कीले अन्तरिक्षको यात्रा तय गर्नेछन | टेनिगासिमा स्पेस स्टेसनबाट उक्त व्हिस्की स्पेसमा पठाइने छन् |

यस अध्ययनमा धेरै जापानिज बिश्वबिधालयका प्राध्यापक सामेल छन् | रिपोर्टमा जनाइए अनुसार पठाउन लागिएको व्हिस्की २१ बर्ष पुरानो हो | व्हिस्कीको अन्तरिक्ष बसाई कम्तिमा एक बर्षको हुनेछ, त्यसपश्चात आवस्यकता अनुसार पृथ्बीमा ल्याई यहि एजिंग गरीएका समान व्हिस्कीसंग ल्याबमा अध्ययन गरिने छ |

प्रतिक्रिया दिनुहोस्