Logo
  मंसिर १९, २०७८ आईतबार

३५ वर्षीय बेहुला, ६ वर्षकी बेहुली



एजेन्सी : नेपालमा अझै पनि बाल बिबाह समाजको साझा समस्या बनिरहेको छ । नेपालकै जस्तो यो समस्याले भारतमा पनि पिरोलिरहेको छ ।

भारतको राजस्थानस्थित एक गाउँमा ३५ वर्षीय एक युवाले छ वर्षकी एक नाबालिकासँग विवाह गरेका छन् । विवाह गरेको घटना सार्वजनिक भएपछि ३५ वर्षीय बेहुला पक्राउ पर्ने डरले फरार भएका छन् ।

राजस्थानको चित्तौडगढ जिल्लाको गंगरारका रतन लाल जाट नामका ती युवाले २९ वर्ष कान्छी बालिकासँग विवाह गरेका थिए । गाउँले र प्रहरीले घटना थाहा पाएपछि बालिकासँग विवाह गरेका ती युवा फरार भएका हुन् ।

गंगरारका उपखण्ड अधिकारी ज्ञानमलले जानकारी दिए अनुसार गाउँलेले सूचना दिएपछि आरोपी रतन लाल जाटविरूद्द कारबाहीका लागि छानविन समिति गठन गरिएको छ । जाँच रिपोर्ट प्राप्त भएपछि उनीविरूद्द कारबाही अघि बढाउने अधिकारी ज्ञानमलले जानकारी दिए ।

उनले बताए अनुसार रतन लालले गत बुधबार बालिकाका मातापिताकै उपस्थितिमा बिहे गरेका थिए । घटना सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान अघि बढाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्