Logo
  मंसिर १९, २०७८ आईतबार

आपसमा झगडा गर्छन् टाउको जोडिएका यी दिदीबहिनी



एजेन्सी : उनीहरु जन्मिदा डाक्टरले धेरै दिन बाँच्दैनन् भनेका थिए । ती डाक्टरहरुलाईअसत्य सावित गर्दै उनीहरु सात वर्षसम्म बाँचिरहेका छन्, त्यो पनि स्वस्थ अवस्थामा ।

उनीहरु हिँड्छन्, बोल्छन् र आपसमा झगडा पनि गर्छन् ।  टाटियना र क्रिस्टा होगन ब्रिटिस कोलम्बियाको भेर्नोनमा आफ्नो परिवारसित बस्छन् । उनीहरुकी आमा फेलिसियाका अनुसार उनीहरु सँधै हाँसीखुसी रहन्छन् । फेलिसिया र उनका पति ब्रेन्डनका उनीहरुबाहेक तीन सन्तान छन्, क्रमशः ११, ९ र पाँच वर्षिय ।

त्यतिबेला उनको पेटका बच्चाको टाउको जोडिएको पाइएपछि फेलिसियालाई डाक्टरले गर्भपतन गर्न सुझाव दिएका थिए, तर उनलेमानिनन् । उनले साहसिक निर्णय गर्दै बच्चा जन्माइन् र तिनीहरुलाई हुर्काएर देखाइन् । अहिले यी बच्चाहरु मेडिकल साइन्सकै लागि चुनौति बनेका छन् ।

उनीहरु एक अर्काको आँखामा हेर्छन्। सुख र दुख समान रुपमा अनुभूति गर्छन् । एउटीलाई काउकुती लगाउदा दुवै हास्छन् । एउटीकोशारिरीक गतिविधीलाई अर्कीले नियन्त्रणमा राख्न सक्छिन् । यसरी हेर्दा उनीहरु दुई शरीर र एक मतिस्कका हुन् कि जस्तो देखिन्छ । तर त्यस्तो पनि होइन ।

मानसिकरुपमा उनीहरुलाई छुट्टै व्यक्तिका रुपमा लिन सकिने थुप्रै आधारहरु छन् । उनीहरुको व्यक्तिगत व्यवहार, रुची र सोचमा भिन्नताहरु देखिन्छन् । आमा फेलिसियाका अनुसार टाटीयाना अलि चतुर छिन् । धेरै बोल्छिन् । क्रिस्टा चाहिँ लजालु छिन् । प्राय आफ्नै दुनियामा रमाउन चाहन्छिन् । यी बालिकाहरुलाई हेरिरहेकी न्यूरोसर्जन डा. डोग्लस कोक्रेन भन्छिन्ः उनीहरुले मलाई अचम्भित तुल्याएका छन् । उनीहरु एकै जस्तो पनि छन् बेग्लै जस्तो पनि छन् ।

उनीहरु जन्मेपछि डाक्टरले भविष्यमा कहिल्यै पनि उठेर हिँड्न सक्दैनन् भनेका थिए । तर उनीहरुले डाक्टरलाई झूट सावित गरिदिए । उनीहरु उठेर हिँड्ने मात्र होइन आपसमा खेल्छन् पनि ।  फेलिसियाका अनुसार उनीहरु बेलाबेला झगडा पनि गर्छन् । एकअर्कासित रिसाउँछन् र नबोलि बस्छन् । जबकि एउटीको कानमा कसैले कानेखुसी गर्दा अर्कीले पनि सुनेको प्रतित हुन्छ । भविष्यमा उनीहरुलाई अलग गर्नेआशा परिवारलाई छैन । यो कुरा सुनाउदा उनीहरु एकसाथ निराश हुने गरेको आमा बताउछिन् ।

प्रतिक्रिया दिनुहोस्