Logo
  मंसिर १९, २०७८ आईतबार

समुद्रमा यसरी डुब्दैछ लुसियाना सहर



एजेन्सी : मेक्सिको  खाडीमा रहेको लुसियानाको केही इलाका समुद्रमा डुबिरहेको छ । हरेक वर्ष समुद्रको पानीले शहरको ठूलो भागलार्इ डुबाइरहेको छ ।

यहाँ बसिरहेका बासिन्दा पनि हरेक दिन जमिन डुबेको हेर्न बाध्य छन् । एक रिपोर्टका अनुसार पछिल्लो एक सय वर्षमा शहरको १८ सय ८० स्क्वायर माइल जमिन पानीमा डुबिसकेको छ । यति हुँदा हुँदै पनि शहरलार्इ बचाउने प्रयास अझै भइरहेको छ । तर समुद्र लगातार अघि बढिरहेको छ। औसत १७ स्क्ववायर माइल जमिन हरेक साल समुद्रले निलिरहेको छ ।

कतिपय मानिसले आफ्नो जमिन र घर डुबेको हेरेर उमेर बिताएका छन् । उनीहरूले  आफ्नो आँखाकै सामुन्ने शहर डुबिरहेको देखिरहेकमा छन् ।  समुद्रले घर सम्पत्ती निलेका रकी मोरल्सले बताए अनुसार जुन जमिनमा उनी कुनै बेला लुकामारी खेल्थे, अहिले त्यो जमिन समुद्रले निलिसकेको छ । यहाँ बस्दै आएका कयौं मछुवारले शहर छोडिसकेका छन् । विज्ञहरूले यहाँ समुद्री तुफान आएमा यहाँको कुनै पनि भाग बाँकी नरहने अनुमान गरेका छन् ।

करिब १० वर्ष अघि यहाँ क्याटरिना तुफान आएको थियो । यसक्रममा करिब १८ सय मानिस मारिएका थिए । तुफान आएपछि सरकारले यहाँ सुरक्षाका लागि १४।५ बिलियन डलरको प्रोटेक्शन सिस्टम पनि लगाएको थियो । तर लुसियानाको सानो सहरका लागि यस्तो प्रयास फेरि अघि बढेन । विज्ञहरूका अनुसार यदि यो सानो सहर पानीको चपेटामा परेमा त्यसपछि डुब्ने पालो न्यु अर्लिन्सको आउनेछ ।

प्रतिक्रिया दिनुहोस्