Logo
  मंसिर १९, २०७८ आईतबार

आमा छोरी दुरुस्तै भएपछि



एजेन्सी : उनीहरु आमा छोरी हुन्, तर सबैलेजुम्ल्याहा दिदीबहिनी भन्ठान्छन् । दुवैको उमेरमा २३ वर्षको अन्तराल छ, तर कुनै भिन्नता देखिदैन ।  यी आमाछोरी हुन् ४२ वर्षिया गिर्गी स्मेडली र १९ वर्षिया ज्याज । उनीहरु सँगै हिँड्दा कसैले पनि आमा छोरी भनेर पत्याउँदैन ।

अनुहार, जिउडाल र आवाजधरी हुवहु छ । हुँदाहुँदा गिर्गीका श्रीमान र ज्याजका बाबु पनि बेलाबेला श्रीमतीलाई छोरी र छोरीलाई श्रीमती ठानेर झुक्किन्छन् । जब उनी श्रीमतीलाई लिएर सडकमा निस्कन्छन्, सबैले बाबु छोरी भन्ठान्छन् ।

आमा र छोरीलाईछुट्याउन नसकिएको चाहिँ ३ वर्ष अगाडिदेखि हो । त्योभन्दा अघि गिर्गी मोटी थिइन् । अनुहारले नछुट्याए पनि जिउडाल सबैले छुट्याउँथे । तर सन् २०१२ गीर्गीले ग्यास्टिक बाइपास सर्जरी गराएर आफ्नो तौल १२ किलो घटाएपछि ठ्याक्कै छोरीजस्तै देखिन थालिन् ।

अहिले उनीहरु एकअर्काको कट्टुदेखि चप्पल सम्म साटेर लाउँछन् । दुई आमाछोरी अलग अलग कम्पनीमा काम गर्छन् तर दुवैको कार्यालय एउटै भवनमा रहेको छ ।  सडकमा हिँड्दा आमा र छोरीमध्ये केटाहरुले कसलाई धेरै हेर्छन् त भन्ने प्रश्नमा गिर्गी भन्छिन्, म छोरीलाई धेरैले हेर्छन् भन्ने सोच्छु छोरी मलाई धेरैलेहेर्छन् भन्ने सोच्छे । खासमा दुवैलाई बराबरी हेर्छन् ।

प्रतिक्रिया दिनुहोस्