Logo
  मंसिर १९, २०७८ आईतबार

मिनिस्कर्ट नलगाउन उर्दी



एजेन्सी : इटलीका बेश्याहरुले आइन्दा मिनिस्कर्ट लगाएर हिँड्न नपाउने भएका छन्। राजमार्गमा निस्किर्ट लगाएर हिँडेको भेटिए ५ सय यूरो जरिवाना गरिने सरकारले जनाएको छ ।  सडक सुरक्षाका खातिर भन्दै सरकारले यौनकर्मी महिलाहरुर्लाइ मिनिस्कर्ट तथा पारदर्शी टप्स लगाउन प्रतिवन्ध गरेको हो । मिनिस्कर्टको ठाउँमा टाउजर र पारदर्शी टप्सको ठाउँमा पातला ज्याकेट लगाउन सरकारले वेश्याहरुलाई सुझाएको छ ।

इटलीको मिलानदेखि क्रेमोनासम्मको सडकमा यौनकर्मीहरु उत्तेजक पोशाकमा हिँड्नाले सवारी चालकहरुलाई विचलित तुल्याएको भन्दैयस्तो निर्णय गरिएको हो । मिलानमा २०१५ वल्र्ड एक्सपोले गर्दा पर्यटकहरुको आगमन ह्वात्तै बढेपछि त्यसको लाभ उठाउन ठूलो संख्यामा यौनकर्मीहरु थुप्रिएका छन् ।

नगरमा डेपुटी मेयर लुसियानो सिनिगाग्लीयाले भनेका छन्ः यौनकर्मीहरुर्लाइ सडक निर्माणमा काम गर्ने मजदुरकै जस्तो व्यवहार गरिनेछ र उनीहरुले टाढैबाट चिनिने चम्किलो ज्याकेट लगाउनुपर्छ ।  पहिलोचोटी कसैले मिनिस्कर्ट लगाएको भेटिए नसिहत दिइने र दोस्रोचोटी पनि चम्किलोटाउजर नलगाई मिनिस्कर्ट नै लगाएको भेटिए सोझै पुलिस स्टेसन लगिने उनले जानकारी दिए ।

आउँदो सेप्टेम्बरदेखि यो नियम कडाईका साथ लागू गरिने बताइएको छ । सन् २०१० मा स्पेनकोउत्तरपूर्वमा अवस्थित क्याटालोनियामा यौनकर्मी महिलालाई सडकमा हिँड्दा यसैगरी चम्किलो ज्याकेट लगाउन उर्दी जारी गरिएको थियो ।

यो नियम पालना नगर्ने यौनकर्मी महिलालाई ४० यूरो जरीवानाको पनि व्यवस्था गरिएको थियो । यौनकर्मीहरु पनि कम्ति वाठा भएनन् । उनीहरुले बाहुला नभएको ज्याकेट किनेर आफूले काम गर्दा लगाउने छोटा लुगामाथी भिरेर हिँडे । त्यसैको सिको यहाँका यौनकर्मीले पनि नगर्लान् भन्न सकिदैन ।

प्रतिक्रिया दिनुहोस्