Logo
  मंसिर १९, २०७८ आईतबार

जिसस क्राइस्टसित बिहे



ऐजेन्सी : उनको सुहागरात सायद खासै जमेन होला, किनकी दुलाहा दुई हजार वर्ष पहिले नै मरिसकेका थिए । दुलाहालाई तपाईंले चिन्नुभएको छ, जिसस क्राइस्ट । दुलहीलाई चिन्नुभएको छैन, जेसिका हायस । हो, यी युवतीले विधिपुर्वक क्रिस्चयन धर्मका प्रवत्र्तक जिसस क्राइस्टसित बिहे गरेकी छिन् ।

एउटा हाइस्कुलमा पढाउने ३८ वर्षिया जेसिकाले जिसस क्राइस्टसित विवाह गर्ने निर्णय लिनि आफूलाई निकै कठिन भएको बताइन् । वर्षौसम्म सोचेपछि यो निर्णयमा पुगेको उनको भनाई छ । विवाहको लागि पहिरन छान्न पनि उनलाई निकै सकस परेको थियो रे । उनी भन्छिन्ः पछिल्लो एक वर्षमा मैले यति धेरै विहेका लुगाहरु हेरेकि भनेर साध्य छैन । म मेरोपुरा शरीर छोप्न चाहन्थेँ । शरीर छोपिए पनि ग्ल्यामरस देखिन चाहन्थेँ । धेरै पटक विचार बदलेँ र अन्त्यमा परम्परागत लामो गाउन चयन गरेँ ।

चर्चका पादरी केभिन सि रोएड्सले वैवाहिक समारोह सञ्चालन गरेका थिए । उनले भनेका छन्, जेसिकालले आफूलाई पूर्णरुपमा जिससमा समर्पित गरेकी हुनालेमैले विवाह गराइदिएको हुँ ।  उनको विवाहमा सयौं व्यक्तिहरु सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्