Logo
  मंसिर १९, २०७८ आईतबार

भारतको सुरक्षा सल्लाह वार्ता रद्ध गर्ने चेतावनी



नयाँ दिल्ली, ५ भदौ । भारतीय विदेशमन्त्री शुषमा स्वराजले शनिबार पाकिस्तानलाई दुई देशबीच हुने भनेको राष्ट्रिय सुरक्षा सल्लाहकार बैठक आतङ्कवादलाई परास्त गर्ने मुद्दामा केन्द्रीत हुनुपर्ने बताएकी छन् ।

निकट भविष्यमा बस्ने भनिएको उक्त बैठकमा आतङ्कवाद विरोधी अभियानलाई अघि बढाउने कुरामा हुन नसक्ने भएमा यसको कुनै अर्थ नरहेन बताउँदै यदि यसो हुन नसकमा वार्ता नै रद्द हुनसक्ने चेतावनी दिएकी छन् ।

“पाकिस्तानले यदि यस भारतीय अडानलाई पूर्वशर्तका रुपमा लिने हो भने वार्ता अघि बढ्ने छैन, भारतीय विदेश मन्त्री,” स्वराजले बताइन् ।

भारतले पाकिस्तानलाई भारत नियन्त्रित काश्मिरी इलाकमा पृथकतावादी नेताहरुसँग उक्त वार्तामा छलफल हुनुपर्ने अडान राख्दै आएको भनेको छ ।

प्रतिक्रिया दिनुहोस्