Logo
  माघ ८, २०७८ शनिबार

बाहुनकी छोरी मुश्लिमसँग भागेपछि…



एजेन्सी । धर्महरुमध्ये सबैभन्दा कट्टर मानिने मुसलमान हो । जहाँ छोरी चेलीले अनिवार्य बुर्का लाउने चलन छ । यसैक्रममा बाहुनकी छोरी मुसलमानकी बुहारी बन्दा हंगामा मच्चिएको छ ।

मुसलमानकी बुहारी बनेकी उत्तरी केरलको कोझिकोडकी ती युवतीले आफ्नो कलेज प्रशासनमाथि गम्भीर आरोप लगाएकी छिन् । उनले आफूले मुश्लिम धर्मका युवकसँग विहे गर्दा कलेजले क्लासबाट निकालिदिएको बताइन् । उनी यो घटनालाई राज्य महिला आयोगमा पुगाउने योजनामा छिन् ।

समाचार अनुसार मुस्लिम एजुकेशन सोसाइटी वुमन कलेजमा प्रथम वर्ष ‘फर्स्ट ईयर’की छात्रा नीरजा २३ वर्षीय मोहम्मद रमीजसँग प्रेम गर्थिन् । दुबैले आफ्नो प्रेम सम्बन्धलाई एक फेब्रुअरीका दिन अदालतमा गएर विहेमा परिणत गरे । तर, एक हप्तापछि जब उनी कलेज गइन् तब कलेज प्रशासनले उनलाई कलेज नआउन भन्यो ।

यता कलेजले भने नीरजाले आफ्ना आमाबुवाको अनुमति विना मुसलमान घरकी बुहारी बनेकाले क्लास प्रवेशमा रोक लगाएको बताएको छ । कलेज प्रशासन भन्छ– यदि उनी कलेज आइन भने यसको असर अनय युवतीमा पनि पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्