Logo
  माघ ८, २०७८ शनिबार

हरियाणामा जाट आन्दोलनले हिंसात्मक रुप लिँदै



हरियाणा,८ फागुन । आरक्षणको माग गर्दै सुरु भएको जाट आन्दोलन हरियाण राज्यमा हिंसात्मक बन्दै गएको छ । शुक्रवार हरियाणामा भएको हिंसात्मक घटनामा १ जनाको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन् । 
जाट समुदायलाई आरक्षण दिनु पर्ने माग गर्दै २२ बर्षिय युवा हार्दिक पटेलले गुजरातबाट सुरु गरेको आरक्षण आन्दोलनले अहिले हरियाणामा उग्रा रुप लिएको हो । 
आन्दोलनकारीले सडक र रेल सेवा अवरुद्ध गरेका छन् । एटीएम र पसलमा लुटपाट भएको छ । ठाउँ ठाउँमा सवारी साधनमा आगलागी गरेका छन् । प्ट्रेल बम हानेका छन् । आन्दोलनकारीले शुक्रवार एक हतियार बिक्री कक्षबाट हतियार लुटेका छन् । 
शनिवार आन्दोलनकारीले हरियाणाको रेल सेवा बन्द गर्दै नारा जुलुस लगाइ रहेका छन् । एनीहरुले दिल्लीका लागि आउने पानी बन्द गरिदिएका छन् ।
आन्दोलनकारीको उग्रा रुपलाई नियन्त्रणमा लिन प्रहरी असफल भएपछि सरकारले सेना परिचालन गरेको छ । सेना परिचालन भएपनि स्थिति नियन्त्रणमा आउन सकेको छैन । आन्दोलनका कारण दिल्लीको आवागमन तथा जनजीवन प्रभावित बनेको छ । 

प्रतिक्रिया दिनुहोस्