Logo
  माघ ८, २०७८ शनिबार

पढ्नका लागि सङ्घर्षगर्दै विस्थापित बालबालिका



सुडान, १२ फागुन । अबुबेदा अली सन् २००३ मा सुडानको डार्फोरमा सशस्त्र हतियारधारीले आक्रमणगरी गाउँलाई नै ध्वस्त बनाउदा सानो बालक थिए । 

उनलाई यस बारेमा केही थाहा पनि छैन कि त्यो गाउमा कसले र किन त्यसरी बमवर्षा ग¥यो भन्ने बारेमा । त्यस बखत गरिएको सो हमलाबाट उनका पिताको निधन भयो र उनका परिवार त्यहाँबाट सबैजना विस्थापित भए । 

त्यससँगै उनको राम्रो शिक्षा दिक्षा र एकजना सामान्य बालकका रुपमा जिउन पाउने अधिकार लुटिएको थियो । हाल उनी १७ वर्षका छन् । 
उनले नौ वर्षयतादेखि विद्यालय जान पाएका छैनन् । उनीजस्तै यसरी विद्यालयबाट बञ्चित भएका विद्यार्थीको सङ्ख्या लाखौँलाख रहेको छ । 
त्यस शिविरमा बालबालिका करिब ८ लाख ७० हजार जना बस्छन् तर ती मध्ये अधिकांश विद्यालय जान पाएका छैनन् । उनीहरुले विद्यालय जाने चाहना राखेपनि पाएका छैनन् । 

यति ठूलो सङ्ख्याका यी बालबालिका पठनपाठनबाट बञ्चित भएका छन् र उनीहरुले बाध्यताबस पढ्नभन्दा पनि जिवन जिउने सङ्घर्षमा छन् । 
अलि भन्छन्– म यहाँ आएको चार वर्षपछि नै म विद्यालय जान नपाउने भएँ किनभने मेरा भाई बहिनीका लागि मैले पढ्न सहयोग गर्नुपर्ने भयो । 
मैले एकातर्फ खाद्यान्नका लागि पनि मेरो आमालाई सहयोग गर्नुपर्ने भयो भने अर्कातार्फ साना भाइबहिनीलाई लागि पनि सामान्य मात्रामा भएपनि साक्षरताका लागि स्कुल पठाउनुभपर्ने भयो त्यसैले म विद्यालय जान पाइन– अलि भन्छन् । 

उनी पश्चिमी डार्फोरको अबुजार शिविरमा बस्ने गर्छन् । उनी हाल दुई साना भाईबहिनी र आमासँग बस्ने गरेका छन् । 

उनले विद्यालय छोडेर डार्फोरमा नै रहेको एक रेष्टुरेन्टमा काम गर्ने गरेका छन् । परिवार पाल्नका लागि रेष्टुरेन्टमा काम गर्नुपरेको उनी बताउछन् । 
उनले बिहान सुर्योदयदेखि साँझसम्म नै रेष्टुरेन्टमा वेटर काम गर्छन् र हरेक दिन १५ सुडानी पौण्ड ज्याला पाउछन् । उनको यो कमाईले आफ्ना दुईजना बहिनीलाई एक सरकारी विद्यालयमा प्राइमरी तहको अध्ययनका लागि सहयोग पुगेको छ । 

उनी भन्छन्– यस कमाईले घरखर्च चलाउने र बहिनीलाई सरकारी स्तरको एक विद्यालयमा पढाउन पुगेको छ । तर पनि महिना गुजार्न निकै नै गाह्रो पर्ने उनको अनुभव छ । उनका अनुसार उनकी आमाले पनि ज्याला मजदुरी गरेर कमाउने त गर्छिन् तर पनि सो कमाइले परिवार धान्न गाह्रै छ । शिण्विरमा दिने गरेका खानेकुराहरु अपुग हुने गरेका र पढ्ने प्रबन्ध पनि नहुने गरेकोले गाह्रो भएको उनको भनाई छ । 

डार्फोरमा बस्दै आएका करिब नौ लाख बालबालिकामध्ये कम्तीमा पनि एक तिहाईले विद्यालयसम्म पहूँच पाएका छैनन् । उनी पढ्न चाहेर पनि पाइरहेका छैनन् । अलिको गाउ नुरी हो । सो गाउमा मासालित नामको सशस्त्र लडाकू समूहले कब्जा गर्ने गरेको थियो । पछि प्रहरीसँगको भिडन्तमा उनीहरुका केही लडाकू मारिएपछि उनीहरुले गाउलाई नै कब्जा गरी शक्तिशाली विस्फोट गराएका थिए । 

अलिको गाउबाट लाखौँलाख नागरिक विस्थापित भएका थिए । सो क्षेत्रमा कैयौं जातीय विद्रोही समूहहरु रहेका छन् । त्यसका कारण सन् २००० यताको अवस्था निकै नै कष्टपूर्ण बन्न पुगेको थियो । उक्त शिविरमा हाल करिब १४ लाख विस्थापित नागरिक बस्ने गर्छन् । त्यसमध्ये आधाभन्दा बढी त बालबालिका नै रहेका छन् । ती बालबालिका अधिकांशले शिक्षाको अवसर प्राप्त गर्न सकिरहेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्