Logo
  बैशाख ७, २०८१ शुक्रबार

झापाको गौरादहमा काँग्रेसले कसरी भत्कायो एमालेको किल्ला ?



झापा, २१ असार । नेपाली काँग्रेसले नेकपा एमालेको किल्ला मानिएको झापाको गौरादह नगरपालिका बिजयी बनेको छ ।
पंञ्चायतकालदेखिनै वामपन्थीको आधार क्षेत्र मानिएको गौराहद यस पटक काँग्रेसले भत्काएको छ । पहिलो पटक नेपाली काँग्रेसका रोहित साह निर्वाचित भएका छन् । उनले १० हजार ३ सय ८ मत ल्याए भने उनका प्रतिद्वन्दी एमालेका मदन अधिकारीले ९ अजार ८ सय ५४ मत मात्र प्राप्त गरे । एमालेले उपमेयरमा गिता भेट्वाल १० हजार ६ सय ३० मत प्राप्त गरी बिजयी बनन् िभने काँग्रेसकी उम्मेद्वारले ७ हजार ९ सय ११ मत मात्र प्राप्त गरिन् । नौ वडामा उपमेयरसहित छ वटा वडा एमालले जितेपनि मेयर गुमाएको छ ।

बिगतको वाम किल्ला
गौरादहमा पञ्चायत कालमा तत्कालिन नेकपा मालेले जनपक्षीय उम्मेद्वार जिताएको थियो । २०४६ सालको परिवर्तन पछि एमालेबाट दिपक कार्की दुई पटक गाबिस अध्यक्ष बने । पहिलो र दोस्रो संविधानसभामा कार्की सभासद् भनेको ठाउँ हो गौरादह क्षेत्र । पहिलो सविधानसभामा झापामा सबै स्थान हारपनि कार्कीले यस क्षेत्रबाट बिजयी बनेका हुन् । त्यस अघि एमाले अध्यक्ष केपी ओली पनि त्यस क्षेत्रबाट सांसद बनेका हुन् । बिलियो जनआधार हुँदाहुँदै एमालेले किन गौरादह गुमायो ।
एमालेमा द्न्द्व
एमाले भित्रको आन्तर संघर्षको फाइदा उठाउँदै साह बिजयी बनेका हुन् । एमालेका सांसद दिपक कार्की र अग्नी खरेल बिचको अन्तरसंघर्षको पाइदा काँग्रेसले उठाउँदै वाम किल्ला भत्काएको हो । गौरादहमा यसअघि काँग्रेस भित्रको लपडाको फाइदा एमालले उठाउँदै आएकोमा यस पटक काँग्रेसले लियो । कार्की र खरेल एउटै पार्टीका नेता भएपनि पछिल्लो समयमा बोलचाल समेत थिएन । एउटा गएको कार्यक्रममा अर्को नेता नजाने सम्म हुँने गर्दछ । केपी ओली आएका बखत मात्र दुबै नेता एउटै मञ्चमा देखिन्छन् । दुई नेता ओली खेमाकै भएपनि विवाद छताछुल्ल भएको छ ।
छ महिना अघि भएको गौरादह उद्योघ बाणिज्य संघको निर्वाचनमा काकी र खरेलले आआफ्नो उममेद्वार बनाउँदा काँग्रेस निकट व्यापारीले जितेका थिए । एमाले नगर कमिटीले दिलिप भण्डारीलाई उम्मेद्वार बनाएकोमा जिल्ला कमिटीले उल्ट्उँदै डिल्ली काफ्लेलाई बनाएको थियो । अन्तयमा काँग्रेसका जीवन राईले जितेका थिए । भण्डारी खरेल निकटका हुन् भने काफ्ले कार्की निकटका हुन् । दुई नेताका बिचमा मात्र होइन दुई समुहका कार्यकर्ता बिचमा पनि खुलेर बोलचाल हुँदैन ।
एमालेको कमजोर उम्मेद्वार
एमालेका मेयर पदका उम्मेद्वार मदन अधिकारी गौरादह क्षेत्रका लोकप्रिय नेता होइनन् । पार्टी जिल्ला कमिटीका सचिव भएका अधिकारी साविक कोहोभरा गाबिसका पूर्व वडाध्यक्ष हुन् । अग्नी खरेलको बलले अधिकारी उम्मेद्वार भएकाले सांसद कार्कीले खुलेर नसगाएको एमालेजनकै आरोप छ । उपमेयरले जित्ने मेयरले हार्नुको मुल कारण कार्कीको असहयोग भन्ने एमाले खरेल समुहको निश्कर्ष छ । छ छ वटा वडा र उपमेयर जित्ता मेयर गुमाउनु पार्टी भित्र कार्की र खरेल बिचको बिवाद नै प्रमुख कारण हो ।
गौरादहको उम्मेद्वार
काँग्रेसका साह गौरादह बजार क्षेत्रका हुन् । उनी औषधि व्यवसायी हुन् । पछिल्ला केहि बर्ष यता उनी धरानमा औषधि व्यवसाय गर्दै आएकोमा गौराहदमा पनि राजनीतिमा संलग्न हुँदै आएका थिए । गौरादहमा जग्गा खरिद बिक्रीमासमेत लागेका शाहालाई गौरादह बजारवासीले आफ्नो ठाउँको उममेद्वार ठाने । बजार क्षेत्रका व्यवसायीको मतपनि उनले लिन सफल भए । काँग्रेसको आन्तरिक द्न्द्वको व्यवस्थापन गर्दा उनी मेयरमा निर्वाचित भई एमालेको किल्ला भत्काउन सफल भएका हुन् ।
निर्वाचन क्षेत्रमै एमाले कमजोर
एमालेले गौरादह नगरपालिका मात्र गुमाएन गौरिगंज गाउँपालिकामा चौथो स्थानमा झरेको छ । गौरिगंजमा राप्रपाले जितेको छ । गौरादह र गौरिगंज मिलेर बनेको क्षेत्रबाट सांसद बनेका दिपक कार्कीले आफ्नो क्षेत्रमा हार व्यहोरेका छन् । गौरिगंजमा माओवादी र काँग्रेस भन्दा एमाले पछि परेको छ । २०४६ साल पछिका संसदीय निर्वाचनमा लगातार जितेको एमाले कमजोर सावित देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्