Logo
  मंसिर १९, २०७८ आईतबार

रतुवामा गिटीबालुवा संकलन रोक्दै प्रहरी



इलाम, ९ असोज  । चुरे क्षेत्रमा पर्ने रतुवा खोलाबाट अवैध रुपमा बालुवा गिटी संकलन भइरहेको समाचार बाहिर आए पछि प्रहरीले त्यहाँबाट बालुवा गिटी संकलनमा रोक लगाएको छ । रतुवा र मावा खोलाबाट अवैध रुपमा गिटी, ढुङगा र बालुवा ब्यापक रुपमा तस्करी भइरहे पनि सम्बन्धित निकायहरु मौन बसेको समाचार बाहिर आएको थियो ।
मंगलबार बिहानैदेखि चुलाचुलीको पेल्टिमारीस्थित प्रहरी चौकीबाट रतुवा खोला पुगेका प्रहरीले त्यहाँ बालुवा गिटी लिन आएका ट्याक्टर फर्काएको थियो । ट्याक्टरमा लोड गरिएको गिटी बालुवा पनि अनलोड गरेर गाडि फर्काइएको चौकीले जानकारी दिएको छ । मंगलबार दिनभर रतुवा खोलामा प्रहरी परिचालन गरिएको थियो भने आज समेत प्रहरी तैनाथका साथ लागि परेको छ ।
 

प्रतिक्रिया दिनुहोस्