Logo
  मंसिर १९, २०७८ आईतबार

पूर्वाञ्चलमा अझै पनि अवैद्य हतियार



 धनकुटा, असोज। अवैध हातहतियार बुझाउन जारी गरिएको सरकारी सूचना पूर्वाञ्चलमा प्रभावहीन भएको छ । अपरााधिक गतिविधि नियन्त्रण गर्न हातहतियार बुझाउन जारी गरेको सार्वजनिक सूचनाको आाधारमा पूर्वाञ्चलका केही पहाडी जिल्लाबाट हातहतियार संकलन भए पनि तराई र पहाडका दश जिल्लाबाट कुनै हातहतियार संकलन भएका छैनन् । धेरै अपराधका घटना हुने पूर्वी तराईका झापा, सुनसरी, सप्तरी र सिराहाबाट एउटै पनि हातहतियार संकलन भएनन्  ।

सर्वसाधारणसँग भन्दा पनि अपराधिक गतिविधि गर्ने समुहसँग हतियार भएकोले संकलन गर्न नसकिएको पूर्वाञ्चल  क्षेत्रीय प्रशासन कार्यालयका उप–क्षेत्रीय प्रशासक कमल विष्टले बताए । गृह मन्त्रालयको आदेश समेत नपुगेको कारण स्थानीय प्रशासनले अवैध हतियार संकलन गर्न नसकेको हो । अवैध हतियार अब भेटिए कानुन अनुसार सजाय हुने उप–प्रशासक विष्टले बताए ।

प्रचलित कानुन अनुसार अवैध हतियार राख्ने र किनबेच गर्नेलाई पाँच वर्षसम्म कैद र एक लाख रुपैँयासम्म जरिवाना गर्न सकिने व्यवस्था रहेको छ । पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालयको तथ्याङ्क अनुसार पूर्वी तराईका मोरङ जिल्लाबाट मात्रै दुईजनाले बाह्रबोरे दुई थान, राईफलको नाल एक थान र तीन सय अठार बोरे मेजर राइफल  एक थान संकलन भएको छ । पूर्वी पहाडी जिल्लाहरु धनकुटा, खोटाङ, ओखलढुङ्गा, उदयपुर, संखुवासभा र ताप्लेजुङबाट समेत हतियार संकलन भएनन् ।

यी जिल्लामा जनजातिको बसोवास बाक्लो रहेकोले हतियार बुझाउन नल्याएको हुन सक्ने धनकुुटाका प्रमुख जिल्ला अधिकारी भगीराज इङ्नामले बताए । जनजातिको विवाह र मृत्यू संस्कारमा बन्दुक पडकाउनु पर्ने चलन  भएकोले हतियार अवैध भए पनि लुकाएर राखेको प्रुमुख जिल्ला अधिकारी इङ्नामले बताए । पहाडी क्षेत्रमा लुकाएर राखेको हतियारले अवैध चोरी सिकारी हुने गरेको छ ।

क्षेत्रीय प्रशासन कार्यालयको अनुसार पूर्वाञ्चलमा सबैैभन्दा बढी भोजपुर जिल्लामा एक सय ९७ थान हतियार संकलन भएका छन् । भोजपुरबाट भरुवा बन्दुक एक सय ६९ थान, कटुवा पेस्तोल एक थान र गोल दुई थान हतियार संकलन भएका छन् । तेह्रथुम जिल्लामा भरुवा बन्दुक १९ थान, टुटे दुई थान र नाल तीन थान गरी २०  थान हतियार संकलन भएको छ । त्यस्तै इलाम जिल्लाबाट २४ थान, पाँचथर जिल्लाबाट २२ थान र सोलुखुम्बु जिल्लाबाट तीन थान भरुवा बन्दुक संकलन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्